पोखरा । २० औं संस्करणको आहा–रारा गोल्डकप फुटबलको उद्घाटन खेलमा सहारा क्लब पोखरा र विभागीय टिम एपीएफले प्रतिस्पर्धा गर्ने भएका छन् ।
मंगलबार सार्वजनिक खेल तालिका अनुसार माघ ६ गते हुने उद्घाटन खेलमा आयोजक टिम सहारा र एपीएफ भिड्ने भएका हुन् ।
पोखरा रंगशालमा हुने खेलमा गत वर्षको विजेता टोली संकटा क्लब, पाहुना टोली बिवाईएससी माईनसोटा अमेरिका, मछिन्द्र क्लब, विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब, हिमालयन शेर्पा क्लब, रुस्लान थ्रिस्टार क्लब, मनाङ मस्र्याङ्दी क्लब र आयोजक सहारा क्लब गरी कुल १० टिमले सहभागिता जनाउँदैछन् ।
तत्काललाई केही दिन दर्शक बिना नै प्रतियोगिता सञ्चालन गर्ने तयारी रहेको सहारा क्लबका अध्यक्ष हरेराम गुरुङ ‘सुरज’ले जानकारी दिए ।
माघ ६ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैयाँ र उपविजेता टिमले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।