५ भाद्र २०८३, शुक्रबार
,
Latest
फोहोर व्यवस्थापनका लागि स्थानीय तहलाई जग्गा उपलब्ध गराउन नियमावली संशोधन गर्छौंः मन्त्री तिमिल्सिना राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने हेलो सरकार र सतर्कता केन्द्रद्वारा चार यातायात कार्यालयमा अनुगमन लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठक सम्पन्न रास्वपा पदाधिकारी र केन्द्रीय सदस्य मनोनित ,कसलाई कुन बिभागको जिम्मेवारी प्रधानमन्त्री शाह पोखरा भ्रमणमा, अस्तामस्थित इको भिलेजमा बस्ने (तस्बिरसहित) बाँसबारीमा जमिन भासिँदा साढे दुईतले घर पल्टियो पुरानो पहिरोको पिरलो ‘सुपर एल निनो’ को उच्च जोखिमः पूर्वतयारी र जल–ऊर्जा सुरक्षामा जोड दिन ऊर्जामन्त्रीको निर्देशन रास्वपा केन्द्रीय समितिको बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनीले १२८ रनमा रोक्यो कर्णाली याक्सलाइ



अ+ अ-

राजधानीमा जारी नेपाल प्रिमियर लिग क्रिकेट अन्तर्गत अहिले जारी खेलमा लुम्बिनी लायन्सले कर्णाली याक्सलाइ १२८ रनमा रोकेको छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२८ रन बनायो। कर्णालीका लागि विलियम बोसिस्टोले सर्वाधिक ४४ रन बनाए । यस्तै, अर्जुन घर्तीले २५ र बाबर हायतले २० रन बनाए ।

बलिङमा लुम्बिनीका लागि विकास आग्रीले ३ विकेट लिँदा तिलक भण्डारीले २ विकेट लिए ।

प्रतियोगिताबाट चाैथो स्थानको रेसबाट बाहिरिइ सकेको लुम्बिनीले कर्णाली याक्सलाइ सस्तैमा पभेलियन फर्काएको छ । यद्यपि कीर्तिपुरको सुस्त पिचमा लुम्बिनीलाइ पनि उक्त रन बनाउन फलामको च्यूरा चपाए सरह हुनेछ । अाजको खेल जितेमा कर्णाली याक्स प्लेअफको नजिक पुग्नेछ । त्यसर्थ कर्णालीका लागि यो खेल निकै महत्वपूर्ण छ ।