१० माघ २०८१, बिहीबार
,
Latest
कांग्रेसले विपन्न नागरिकका पक्षमा काम गर्दै आएको छ : डा कोइराला इतिहासको पठनपाठन कम हुँदै जाँदा राष्ट्रिय एकता र स्वाभिमानमा असर पर्न सक्छः प्रधानसेनापति सिग्देल झापामा छ महिनामा पाँच सय ३२ घरेलु तथा साना उद्योग दर्ता ठगी सम्बन्धी कसुरका फरार प्रतिवादी पक्राउ बाइस्कोप सिनेमाको ब्यानरमा पहिलो फिल्म ‘परान’ निर्माण हुने वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ बैंकहरू समस्यामा छैनन्, अफवाह धेरै फैलियो : गभर्नर अधिकारी सुदूरपश्चिम प्रदेशसभामा प्रज्ञा-प्रतिष्ठानको विधेयक पारित असनमा आगलागीबाट रु ३५ लाखको क्षति पूर्व विभागीय प्रमुख मल्लको बिदाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सगरमाथा निकुञ्ज र वायुसेवा कम्पनीबीच जुहारी, खुम्बु क्षेत्रमा हेलिकप्टर उडान नरोक्ने



अ+ अ-

काठमाडौँ : वायुसेवा सञ्चालक सङ्घले खुम्बु क्षेत्रमा हेलिकप्टर उडान नरोक्ने जनाएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जले हेलिकप्टर उडानमा रोक लगाउने परिपत्र गरेपछि सङ्घले त्यसमा आपत्ति जनाउँदै उडान जारी राख्ने बताएको हो ।

सङ्ले जारी गरेको प्रेस विज्ञप्तिमा “संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृति लिई हेलिकप्टरहरूले उक्त क्षेत्रमा उडान गरिरहेका सन्दर्भमा निकुञ्जले आफ्नो क्षेत्राधिकार बाहिर गएर उडानमा लगाएको रोक पालना गर्न बाध्य छैनौँ । सदस्य वायुसेवा कम्पनीहरूले हाल उडान गरिरहेका गन्तव्यहरूमा प्राधिकरणसँग अनुमति लिई उडानलाई निरन्तरता दिने जानकारी गराउँछौँ”, भनिएको छ ।

साथै सङ्घले कानुनअनुसार उडानलाई निरन्तरता दिन सबै सदस्य कम्पनीहरूलाई आग्रह गरेको छ । गत बुधबार निकुञ्जले खुम्बु क्षेत्रमा उडान गर्न नदिने भन्दै सङ्घलाई पत्राचार गरेको थियो ।