२७ मंसिर २०८१, बिहीबार
,
Latest
बीमा प्राधिकरणको जिम्मेवारी सहसचिव दाहाललाई लेजेन्ड क्रिकेटर ब्रायन लारा भोलि नेपाल आउँदै भारतीय सेनाको गोली लागी सात माओवादी विद्रोहीको मृत्यु एम्बुलेन्स दुरुपयोगसम्बन्धी सूचना दिन स्वास्थ्य मन्त्रालयको अपिल ‘सुरक्षित भवन निर्माणका लागि नेपाल राष्ट्रिय भवन संहिता पालना प्रवद्र्धन परियोजना’ सुरु परराष्ट्रमन्त्री डा देउवासँग युरोपियन युनियनका उच्च अधिकारीको भेट संसदको आगामी अधिवेशनमा औषधि सम्बन्धी विधेयक दर्ता हुन्छः स्वास्थ्यमन्त्री पौडेल भारतीय सेनाको गोली लागी सात माओवादी विद्रोहीको मृत्यु देशको आर्थिक स्थिति सुधारोन्मुख: राष्ट्र बैंक विश्वविद्यालय सञ्चालनमा मैले हस्तक्षेप गरेको छैनः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुपर ओभरमा पोखराले विराटनगरलाई हरायो



अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्सले सुपर ओभरमा विराटनगर किंग्सलाई हराएको छ ।

सुपर ओभरका पोखराले दिएको १९ रनको लक्ष्य पछ्याएको विराटनगरले जम्मा ५ रन बनायो । पोखराका रेमन रेफरले उत्कृष्ट बलिङ गरे ।

यसअघि पोखराको लागि एन्ड्रिज गौस र रेमन रेफरले १८ रन बनाएका थिए । सुपर ओभरमा बलिङ गर्न आएका सन्दीप लामिछानेको बलमा रेफरले दुई छक्का र एक चौका प्रहार गरेका थिए ।

विराटनगरले दिएको १४० रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३९ रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो ।