२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वायु प्रदुषणबाट हुने स्वास्थ्य जोखिमबाट बच्न घरभित्रै बस्न बंगलादेशको आग्रह



अ+ अ-

काठमाडौँ । बंगलादेशको अन्तरिम सरकारले राजधानी ढाका र देशका अन्य ठाउँमा बढ्दो वायु प्रदुषणका कारण व्यक्तिगत स्वास्थ्य जोखिम भएका मानिसहरूलाई घरभित्रै बस्न आग्रह गरेको छ ।

नागरिकलाई बाहिर निस्किँदा मास्क लगाउन सल्लाह दिएको छ । वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालयले ढाकामा एक विज्ञप्ति जारी गर्दै ढाका र आसपासका क्षेत्रमा वायुको गुणस्तर अस्वस्थकर रहेको जनाएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार वायु प्रदुषणले हरेक वर्ष विश्वभर ७० लाख मानिसको ज्यान लिन्छ ।

जसको मुख्य कारण स्ट्रोक, मुटु रोग, क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज, फोक्सोको क्यान्सर र तिब्र श्वासप्रश्वास संक्रमणबाट हुने मृत्युदरमा वृद्धि भएको छ ।