२७ मंसिर २०८१, बिहीबार
,
Latest
च्याम्पियन्स लिगः आर्सनलले मोनाकोलाई हरायो, डर्टमण्डमाथि बार्सिलोनाको रोमाञ्चक जित च्याम्पियन्स लिगः युभेन्ट्ससँग म्यान्चेस्टर सिटी पराजित जाजरकोटमा जीप दुर्घटना, ५ जनाको मृत्यु, २ घाइते रायडाँडा पुग्न ४० करोडको लागतमा पक्की सडक बन्दै हतियारमा ‘धार’ लगाएर जीविकोपार्जन गरिरहेका ७० वर्षीय मुखिया काठमाडौंमा मनाईयो कतारको राष्ट्रिय दिवस कांग्रेसद्वारा दश भ्रातृ संस्थाको महाधिवेशन गर्न निर्देशन समिति गठन सिरियाली नवनियुक्त प्रधानमन्त्रीद्वारा विदेशमा रहेका नागरिकलाई स्वदेश फर्कन आग्रह अफगान शरणार्थी मन्त्रीको आत्मघाती विष्फोटमा मृत्यु नेपाल पत्रकार महासंघ मनाङको अध्यक्षमा नविन लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा मनाईयो कतारको राष्ट्रिय दिवस



अ+ अ-

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादव कतारको राष्ट्रिय दिवसका अवसरमा बुधबार साँझ होटल सोल्टीमा आयोजित स्वागत समारोहमा सहभागी हुनुभयो ।

नेपालका लागि कतारको दूतावासले कतारको राष्ट्रिय दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजना गरेको विशेष कार्यक्रम (रिसेप्सन) मा उपराष्ट्रपति यादव सरिक हुनुभएको हो ।

उक्त समारोहमा उपराष्ट्रपति यादवले नेपालका लागि कतारका राजदूत मिशाल एम अल अन्सारी मार्फत् कतारका जनतालाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ । राजदूत अन्सारीले कतार र नेपालको सम्बन्ध निकै सुमधुर रहेको स्मरण गर्दे नागरिक तहमा जोडिएको सम्बन्ध मजबुत रहेको बताउनु भयो ।

उक्त समारोहमा मन्त्रिपरिषद्का सदस्य संवैधानिक अङ्गका पदाधिकारी, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारी, पूर्वसांसद, उद्योगपति, व्यापारी, खेलकुद क्षेत्रका पदाधिकारी, कलाकार एवं समाजका प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति थियो ।