२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
२० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिगबाट बाहिरिने पहिलो टोली बन्यो लुम्बिनी, काठमाडौंसँग १८ रनले पराजित



अ+ अ-

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपिएल)मा बुधवारको दोस्रो खेलमा काठमाडौं गुर्खाजले लुम्बिनी लायन्सलाई १८ रनले हराएको छ । यो हारसँगै लुम्बिनी लिगबाट बाहिरिने पहिलो टोली बनेको छ । ६ खेल खेलिसकेको लुम्बिनीले १ खेल जित्दा ५ खेलमा हार व्यहोरेको छ ।

काठमाडौँले भने ४ खेलमा दुई जित र दुई हारसहित ४ अंक जोडेको छ । काठमाडौँले भने प्लेअफ सम्भावना कायम राखेको छ ।

काठमाडौंले दिएको १०४ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रनमा अलआउट भयो । लुम्बिनीका लागि सन्दीप जोराले सर्वाधिक २६ रन बनाए। यस्तै उन्मक्त चन्दले १४ रन तथा सुर्य तामाङले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

लुम्बिनीलाई अलआउट गराउन काठमाडौंका कप्तान करन केसीले ४ विकेट लिए । यस्तै दिपेश कँडेलले ३ विकेट तथा जेरहार्ड इरास्मसले दुई विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको काठमाडौंले १९ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै एक सय तीन रन बनाएको थियो ।

काठमाडौंका लागि भीम सार्कीले सर्वाधिक ३१ रन बनाए। त्यस्तै, ड्यान ड्वाथवेटले २१ र प्रतीक श्रेष्ठले २० रन बनाउँदा स्टेफन स्केनाजी १३ रनमा आउट भए। त्यसबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङतर्फ लुम्बिनीका लागि साद विन जाफरले तीन विकेट लिए भने अभिषेश गौतम र रेमन सिमण्डसले समान दुई–दुई विकेट लिए। त्यस्तै, सूर्य तामाङ र विवेक यादवले समान एक–एक विकेट लिए ।