२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कमेडी च्याम्पियनका प्रतिस्पर्धी हिक्मत महराको मोटरसाइकल दुर्घटनामा निधन



अ+ अ-

कैलाली । कमेडी च्याम्पियन –२ का प्रतिस्पर्धी हिक्मत महराको मोटरसाइकल दुर्घटनामा निधन भएको छ ।

मंगलबार साँझ कैलालीको गोदावरीमा भएको मोटरसाइकल दुर्घटनामा परी उनको मृत्यु भएको हो ।

महराले चलाएको २ प ९११७ नम्बरको मोटरसाइकल गोदावरी मन्दिर नजिक रोकिराखेको ट्रकमा अनियन्त्रित भएर ठोक्किदा उनी गम्भीर घाइते भएका थिए ।
महराको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलाली प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

कमेडी च्याम्पियनको दोस्रो सिजनमा भाग लिएका हिक्मत उत्कृष्ट ४ सम्म पुगेका थिए ।उत्कृष्ट ४ बाट भने उनी भोटको आधारमा बाहिरिएका थिए ।