५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिमसँग जनकपुरको लज्जास्पद हार, ५१ रनमै अलआउट



अ+ अ-

काठमाडौं । नेपाल प्रिमियर लिगअन्तर्गत बुधबारको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध जनकपुर बोल्ट्सले लज्जास्पद हार बेहोरेको छ । चार खेल लगातार जितेको जनकपुर पाचौँ खेलमा सुदूरपश्चिमसँग ७२ रनले पराजित भएको हो ।

सुदूरपश्चिमले दिएको १२४ रनको लक्ष्य पछ्याएको जनकपुर १२ ओभरमा सबै विकेट गुमाएर जम्मा ५१ रन बनायो । यो एनपिएलमा बनेको सबैभन्दा कम स्कोर हो । यसअघि पोखरा एभेन्जर्स चितवन राइनोजविरुद्ध ७४ रनमा अल आउट भएको थियो ।

जनकपुरले पावरप्लेमा नै ५ विकेट गुमाएको थियो । जनकपुरका ओपनरद्वय अनिलकुमार शाह र आसिफ शेखसहित टप अर्डर ब्याटर लाहिरु मिलान्था, हर्ष थाकर र शुभ कंशाकार पावरप्ले मै आउट भएका थिए । अनिल शून्य, आसिफ ४, लाहिरु ७, हर्ष ५ र शुभ शून्य रनमा आउट भए । जनकपुरका जोसुवा ट्रम्पबाहेक कसैले नि दोहोरो अंकमा रन बनाउन सकेनन् । उनले १३ रन बनाए ।

बलिङ सुदूरपश्चिमका इशान पाण्डे, कप्तान दीपेन्द्रसिंह ऐरी र हर्मित सिंहले समान दुई विकेट लिए । सैफ अली जैवले एक विकेट लिएका छन् ।

त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय २३ रन बनाएको थियो ।

सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले सर्वाधिक ३३ रन बनाए । यसैगरी, सैब जैबले २१, इशान पाण्डेले १७, ब्रान्डन म्याकमुलेनले ११ रन बनाए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

जनकपुरका लागि किशोर महतो एक्लैले चार विकेट लिए । त्यस्तै शेर मल्ल र अरनिको यादवले समान दुई–दुई विकेट झारेभने हर्ष ठाकरले एक विकेट लिए ।

योसँगै, पाँचौ खेलमा पहिलो हार बेहोरेको जनकपुर शीर्ष स्थानबाट दोस्रो स्थानमा झरेको छ भने पाँचौ खेलमा चौथो जित हात पार्दै सुदूरपश्चिम शीर्ष स्थानमा उक्लिएको छ ।