७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी

एनपीएलमा आज दुई शीर्ष टिम जनकपुर र सुदूरपश्चिम भिड्दै

एनपीएलमा आज दुई शीर्ष टिम जनकपुर र सुदूरपश्चिम भिड्दै
अ+ अ-

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पहिलो खेलमा जनकपुर बोट्स र सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धा गर्दैछन् ।

दुबै टोली प्रतियोगिताका उपाधि दावेदार हुन् । टियु क्रिकेट मैदानमा यो खेल बिहान ९ बजे हुनेछ । लिग तालिकाको शीर्ष २ स्थानमा रहेका जनकपुर र सुदुरपश्चिम बीचको खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।

मधेश प्रदेशको टोली जनकपुर जारी प्रतियोगितामा अपराजित छ । आजको खेल जिते जनकपुर प्लअफका लागि छनोट हुनेछ उसले लिग चरणमा बिराटनगर, कर्णाली, पोखरा र लुम्बिनीलाई पराजित गरिसकेको छ । आफ्नो अन्तिम खेलमा लुम्बिनीविरुद्ध १ रनको रोमाञ्चक जित हात पारेको जनकपुर लगातार पाँचौं जितको खोजिमा हुनेछ ।

लगतार ३ जितपछि आफ्नो अघिल्लो खेलमा सुदूरपश्चिम चितवन राइनोजसँग ३३ रनले पराजित भएको थियो । सुदरपश्चिम पुरारागमन जितको खोजीमा हुनेछ । आजको खेल जिते सुदूरपश्चिमले अन्तिम ४ मा पुग्ने सम्भावनालाई बलियो बनाउने छ ।

जारी प्रतियोगितका तेस्रो शीर्ष रनकर्ता लाहिरु मिलन्था र कप्तान अनिस साहको सानदार ब्याटिङमा विपक्षीविरुद्ध हावी हुँदै आएको जनकपुरमा हर्ष ठाकरले अलराउण्ड प्रदर्शन गरिरेहका छन् । ललित राजवंशी सवार्धिक विकेट लिने खेलाडीको तेस्रो स्थानमा छन् । हर्ष र ललितको नाममा समान ८–८ विकेट छ । हर्ष यो सूचीमा चौथो स्थानमा छन् ।

४ मध्य ४ खेल जित्दै ८ अंक जोडेको जनकपुर लिगको शीर्ष स्थानमा छ । समान खेलमा ३ जित र हार बेहोरेको सुदूरपश्चिम दोस्रो स्थानमा छ ।