१८ असार २०८३, बिहीबार
,
Latest
विष्णु पौडेलविरुद्ध तेस्रो पटक म्याद थप, थप ६ दिन हिरासतमा राख्न अनुमति शुद्धिकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक पारित राष्ट्रियसभामा नौ मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल प्रारम्भ ‘सिग्नेचर व्रिज’ निर्माण अन्तिम चरणमा कर्णाली नदीमा गाडी खस्यो, उद्धार कार्य जारी मन्त्री चौधरी थाइल्याण्डमा बसोबास गर्ने नेपालीबीच छलफल नवनियुक्त सेबोन अध्यक्ष डा.भट्टलाई स्टक ब्रोकर एसोसिएसनको बधाई, पुँजी बजार सुधारमा सहकार्य गर्ने प्रतिबद्धता कर्णाली प्रदेश सरकारको उच्च प्राथमिकतामा मानसिक स्वास्थ्य सिंहदरबार घेराउ गर्न लागेका दृष्टिविहीनहरुलाई प्रहरीले रोक्यो शिक्षामन्त्रीद्वारा त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्रेन्च ओपनको उपाधि नाडालको पोल्टामा



अ+ अ-

पेरिसः फ्रेन्च ओपन टेनिसमा पुरुष तर्फको एकल उपाधि स्पेनी खेलाडी राफेल नाडालले जितेका छन् ।

आइतबार पेरिसको रोलाँ ग्यारोसमा भएको खेलमा सर्वियाली विश्व नं. १ नोभाक जोकोभिचलाई नाडालले ६–०, ६–२ र ७–५ को सोझो सेटमा पराजित गरे ।

यो उनको २०औं ग्रान्डस्लाम उपाधि हो भने क्ले कोर्टका बादशाहको उपमा पाएका नाडालको यो १३औं फ्रेन्च ओपन उपाधि हो ।

नाडालले सर्वाधिक ग्रान्डस्लाम जितेका रोजर फेडररको बराबरी पनि गरेका छन् ।

जोकोभिचले हालसम्म १७ वटा ग्रान्डस्लाम जितेका छन् । लन टेनिसका सन्दर्भमा फ्रेन्च ओपन, युएस ओपन, अस्ट्रेलियन ओपन र विम्बल्डनलाइ ग्रान्डस्लाम भन्ने गरिन्छ ।

एजेन्सी