११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपिएलमा पोखराको खराब लय जारी, कर्णालीसँग ७ विकेटले पराजित



अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत पोखराले तेस्रो हार ब्यहोरेको छ । भर्खरै सम्पन्न खेलमा पोखरा कर्णाली याक्ससँग ७ विकेटले पराजित भएको हो ।

पोखराले दिएको १०४ रनको लक्ष्य कर्णालीले १५ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । उसका लागि गुलशन झाले अविजित ४९ तथा चाविक वाल्टनले ४२ रनको योगदान दिए ।

बलिङतर्फ पोखराका विपिन खत्री, सागर ढकाल र कुशल भुर्तेलले एक–एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको पोखराले १६.३ ओभरमा सबै विकेट गुमाएर १०३ रन बनायो । पोखराको लागि दिनेश खरेलले सर्वाधिक २६ रन बनाए । यस्तै, एन्ड्रिस गौसले २५, रेमण्ड रेफर २० तथा कप्तान कुशल भुर्तेलले १० रन बनाए ।

पोखरालाई सस्तो मै समेट्न बोसिस्टोले ४ ओभर बलिङ गर्दा २८ रन खर्चेर ६ विकेट लिए । सोमपाल कामी, विपिन शर्मा र युनिस ठकुरीले एक एक विकेट लिए ।

प्रतियोगितामा सुरुका दुई खेल गुमाएको कर्णालीले लगातार तेस्रो जित निकालेको छ । टोलि अंकतालिकाको चौंथो स्थानमा उक्लिएको छ । एक खेलमात्र जितेको पोखरा ४ खेलबाट २ अंकका साथ छैटौं स्थानमा छ ।