५ भाद्र २०८३, शुक्रबार
,
Latest
फोहोर व्यवस्थापनसम्बन्धी बैठकमा सांसद तामाङ र उपत्यकाका नगरप्रमुखहरुबीच चर्काचर्की श्रम कानून संशोधनबारे मन्त्री यादवसँग महासंघको छलफल काँग्रेस अनुशासन समितिले भन्यो– पार्टी र नेतृत्वको गरिमामा आँच पुर्‍याउने जो कोहीको पनि छानबिन हुन्छ हेमबहादुर मल्ल सम्मान २०८१ र २०८२ का लागि दुई विशिष्ट व्यक्तित्वको नाम घोषणा फोहोर व्यवस्थापनका लागि स्थानीय तहलाई जग्गा उपलब्ध गराउन नियमावली संशोधन गर्छौंः मन्त्री तिमिल्सिना राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने हेलो सरकार र सतर्कता केन्द्रद्वारा चार यातायात कार्यालयमा अनुगमन लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठक सम्पन्न रास्वपा पदाधिकारी र केन्द्रीय सदस्य मनोनित ,कसलाई कुन बिभागको जिम्मेवारी प्रधानमन्त्री शाह पोखरा भ्रमणमा, अस्तामस्थित इको भिलेजमा बस्ने (तस्बिरसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखराले टस जित्यो



अ+ अ-

काठमाडौं । नेपाल नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गतको दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ ।

केहिबेरमै सुरु हुने खेलमा पोखराले टस जितेर ब्याटिङ रोजेको छ । पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

जारी प्रतियोगितामा कर्णालीले चार खेलमा दुईमा जित र दुईमा हार बेहोर्दै चार अङ्क जोडेको छ । कर्णाली चौथो स्थानमा छ ।

कर्णाली पहिलो खेलमा जनकपुरसँग आठ विकेटले र दोस्रो खेलमा काठमाडौँ गुर्खाजसँग तीन विकेटले हारेको थियो ।

कर्णालीले तेस्रो खेलमा चितवनलाई ६ विकेटले तथा चौथो खेलमा विराटनगरलाई सात रनले हराएको थियो ।

यसैगरी पोखरा एभेन्जर्स दुई अङ्कसहित पाँचौँ स्थानमा छ । उसले तीन खेलमा एकमा जित दुईमा बेहोरेको छ । पोखरा पहिलो खेलमा चितवनसँग ८७ रनले र दोस्रो खेलमा जनकपुरसँग सात विकेटले पराजित भएको थियो । तेस्रो खेलमा पोखराले लुम्बिनी लायन्सलाई १० विकेटले हराएको थियो ।




भर्खरै