२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गढीमाई मेलाबाट फर्किन लागेको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु



अ+ अ-

काठमाडौं । बाराको गढीमाई मेलाबाट फर्किएको स्कार्पियो जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । सिरहा फर्किन लागेको स्कार्पियो मध्यराति रौतहटको चन्द्रनिगाहपुरमा दुर्घटना भएको हो ।

नम्बर खुल्न नसकेको स्कार्पियो चन्द्रनिगाहपुर ४ स्थित पूर्वपश्चिम राजमार्गमै रुखमा ठोक्किएर दुर्घटना भएको हो । गाडीमा सवार ८ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य केहि घाइते भएको प्रहरीले जनाएको छ ।

मृतक सबैको शव चन्द्रनिगाहपुरकै सिभिल हस्पिटलमा राखिएको छ । सबै मृतक र गाडी सिरहाको भएकाले उनीहरूका आफन्तहरू आएपछि पहिचान खुल्ने बतायएको छ ।

सिरहाको अर्नमा गाउँपालिका ३ बाट गढीमाई मेला गएको र फर्किन लागेको बेला दुर्घटनामा परेको बुझिएको छ ।