६ पुष २०८२, आईतवार
,
Latest
लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवाह फोटोग्राफी अवार्ड पुस १२ गते हुने



अ+ अ-

काठमाडौं । काठमाडौं फोटोग्राफर संघले ‘केपीए वेडिङ फोटो अवार्ड’ २०२४ को आयोजना गर्ने भएको छ । संघले आगामी पुस १२ गते काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा अवार्ड कार्यक्रम गर्ने घोषणा गरेको हो ।

संघका अध्यक्ष हरिप्रसाद घिमिरले फोटोग्राफरहरूको क्षमता र सिर्जनशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको जानकारी दिए । अध्यक्ष घिमिरेले भने “संघको स्थापना २०६५ सालमा भएको हो र तबदेखि फोटोग्राफरको हकहितका लागि विभिन्न कार्य हुँदै आएका छन् । विवाह फोटोग्राफीमा लाग्न चाहनेहरूको मनोबल उच्च पार्नका लागि २०१२ देखि विवाह फोटो प्रतियोगिता गर्दै आएका छौँ ।”

कार्यक्रमका संयोजक आनन्द प्रभाकर घिमिरेले आगामी पुस १२ गते काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा अवार्ड कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिए ।

उनले फोटोग्राफी र भिडियोग्राफीमा आफ्नो भविष्य खोजिरहेका देशभरका सहकर्मीहरुलाई प्रोत्साहन र दक्षता विकासको उदेश्यका साथका अवार्ड कार्यक्रम आयोजना गर्न उनले जानकारी दिए ।

उनले भने,‘अवार्ड फोटोग्राफी र भिडियोग्राफीमा आफ्नो भविष्य खोजिरहेका देशभरका सहकर्मीहरुलाई प्रोत्साहन र दक्षता विकासको उदेश्यका साथ आयोजना गर्दैछौं ।’ अवार्डका लागि नेपालभरका प्रतिभाशाली फोटोग्राफरहरूले आफूले खिचेका विवाहका अधिकतम दुईवटा उत्कृष्ट फोटोहरू पेश गर्न सक्नेछन् ।

विवाहको भिडियो टिजर एमपिफोरमा, अधिकतम १ मिनेट ३० सेकेन्डको र २०० एमबीभन्दा कम साइजमा तयार गरी अधिकतम १ वटा भिडियो पठाउन सक्नेछन् ।

फोटो तथा भिडियो मङ्सिर ३० गतेसम्ममा पठाइसक्नु पर्नेछ । अवार्डको मुख्य बिधा अन्तर्गत प्रथम घोषितलाई फूल फ्रेम मिररलेश क्यामेरा पुरस्कार स्वरुप प्रदान गरिने आयोजकले जनाएको छ ।