८ श्रावण २०८३, शुक्रबार
,
Latest
कमजोर सञ्चार माध्यमले बलियो प्रश्न गर्न सक्दैनन् : सञ्चारमन्त्री डा. तिमिल्सिना वैदेशिक रोजगारीमा जाँदा श्रमिकले चर्को ऋण लिनुपर्ने बाध्यताको अन्त्य गर्दै व्यवहारिक नीति लागु गरिने: मन्त्री… झापामा सात लाख ६१ हजार मेट्रिक टन खाद्यान्न उत्पादन खैरो हेरोइनसहित चार जना पक्राउ सुर्खेतमा ग्यास अभाव छैनः आयल निगम बागमतीका १३ वटै जिल्लाका उद्योग प्रशासन डिजिटल प्रणालीमा पोखरामा ध्वनि प्रदूषण गर्ने ३३ मोटरसाइकल नियन्त्रणमा इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सकिन्छ : राष्ट्रपति पौडेल चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी भाइरल भिडियोबारे बब्लु गुप्ताको स्पष्टीकरण, ‘गल्ती भएको भए क्षमा चाहन्छु’
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुजन चापागाईँको म्युजिकल फिल्म ‘एक्लै भएनी – मेरो अधुरो प्रेम’ सार्वजनिक, साइग्रेसको अभिनय



अ+ अ-

काठमाडौं – आर्टमाण्डुको प्रोडक्सनमा सुजन चापागाईँको पछिल्लो म्युजिकल फिल्म ‘एक्लै भएनी – मेरो अधुरो प्रेम’ सार्वजनिक भएको छ । यस म्युजिकल फिल्मले प्रेम, बिछोड, पछुतो र बिछोडपछिको पीडालाई कलात्मक चित्रण गरेको छ । यसले अधुरो प्रेमको वेदना र ब्रेकअपपछि मनमा उठ्ने भावनाहरूको गहिराइलाई सङ्गीत र अभिनयमार्फत प्रस्तुत गरेको छ ।

गीतमा हर्क साउदको शब्द, सुजन चापागाईँ र विद्या तिवारीको स्वर, तथा सुजन चापागाईँकै सङ्गीत रहेको छ । सङ्गीत निर्माण, मिक्सिङ र मास्टरिङ कोविद बज्रले गरेका छन् । विश्वास लामाले न्यारेशन लेखेका छन् भने यसका कलाकार समेत रहेका चर्चित कथा वाचक साइग्रेस पोखरेलले सुनाएको न्यारेशनले गीतलाई थप प्रभावशाली बनाएको छ ।

अभिषेक सुवेदीले लेखन तथा निर्देशन गरेका भिडियोमा अभिनयको मुख्य भूमिका साईग्रेस र माया लुना खानले निभाएका छन् । अन्य कलाकारहरूमा शङ्कर पराजुली, सुधन पोखरेल र विजय नेपाल रहेका छन् । यसमा निमा लामाको मेकअप, सुजन रत्न परियारको कस्ट्युम डिजाइन, र तीव्रता खड्काको प्रोडक्सन डिजाइन रहेको छ । भिडियो सम्पादन र कलर ग्रेडिङ कृष्ण भण्डारीले गरेका हुन् भने छायाङ्कन चिन्तन राजभण्डारीको निर्देशनमा भएको हो ।  यस परियोजनाको सम्पूर्ण सुपरिवेक्षण नवीन चौहानले गरेका हुन् ।

गायक तथा सङ्गीतकार सुजन चापागाईँले आफूलाई व्यक्तिगत रूपमा मन पर्ने जनरसँग पहिलो पटक साक्षात्कार गर्ने जमर्को मिलेको र यो गीत तिनै तमाम पीडित हृदयहरूप्रति समर्पित रहेको बताए । आर्टमाण्डुका निर्देशक नवीन चौहानले यो प्रोजेक्ट आर्टमाण्डुको लागि विशेष रहेको बताए । उनले भने, “हामीले यस पटक प्रिय कथा वाचक साईग्रेस पोखरेलज्यूसँग कलाकारका रूपमा सहकार्य गर्न पाउँदा गर्व महसुस गरेका छौँ । माया लुना खान, चिन्तन राजभण्डारी र अभिषेक सुबेदीसँगको सहकार्यले यो म्युजिकललाई अझै स्मरणीय बनाएको छ ।”

‘एक्लै भएनी – मेरो अधुरो प्रेम’ म्युजिकल फिल्म सार्वजनिक भएको केही घण्टामा नै दर्शक र श्रोतामाझ चर्चित बनिसकेको छ ।