१८ असार २०८३, बिहीबार
,
Latest
जनताको करबाट सहकारी बचत फिर्ता गर्न नहुने : सांसद पार्वती विक कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान मन्त्रालयमा सल्लाहकार नियुक्तिबारे सरकारः पाँचमध्ये एक जना मात्र वैतनिक सल्लाहकार हुन् ट्राफिक नियमको पूर्णपालना गर्न मुख्यमन्त्री शाहको आग्रह पीडित बचतकर्ताको हित हुनेगरी सहकारी विधेयक अगाडि बढाइयोस्ः पद्मा अर्याल यी हुन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू शिक्षा नियमावलीको १०औँ संशोधन स्वीकृत प्रतिपक्षको अवरोधका कारण मधेस प्रदेशसभाको बैठक स्थगित कोशी प्रदेशसभाको बैठक लगातार तीन दिन स्थगन श्रममन्त्री यादव भन्छन्ः ढुक्क हुनुस्, हामी देश यसैपालि बनाउँछौँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिपी प्रतिष्ठानमा उपचाररत एक जना संक्रमितको मृत्यु



अ+ अ-

धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत एक वृद्धको निधन भएको छ । प्रतिष्ठानका प्रवक्ता डा आशिष श्रेष्ठका अनुसार धरान उपमहानगरपालिका–२ का ८९ वर्षीय पुरुषको आइतबार राति ११ः०० बजे निधन भएको हो । 

उच्च रक्तचापका बिमारीसमेत रहेका वृद्धलाई यही असोज २३ गते कोभिड अस्पताल भर्ना गरिएको उहाँले बताउनुभयो । शव व्यवस्थापन नेपाली सेनाले गरिरहेको प्रतिष्ठानले जनाएको छ । योसँगै प्रतिष्ठानमा मृत्यु हुनेको सङ्ख्या ५० पुगेको छ । आइतबार बिहान दुई जनाको मृत्यु भएको थियो ।