१८ असार २०८३, बिहीबार
,
Latest
जनताको करबाट सहकारी बचत फिर्ता गर्न नहुने : सांसद पार्वती विक कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान मन्त्रालयमा सल्लाहकार नियुक्तिबारे सरकारः पाँचमध्ये एक जना मात्र वैतनिक सल्लाहकार हुन् ट्राफिक नियमको पूर्णपालना गर्न मुख्यमन्त्री शाहको आग्रह पीडित बचतकर्ताको हित हुनेगरी सहकारी विधेयक अगाडि बढाइयोस्ः पद्मा अर्याल यी हुन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू शिक्षा नियमावलीको १०औँ संशोधन स्वीकृत प्रतिपक्षको अवरोधका कारण मधेस प्रदेशसभाको बैठक स्थगित कोशी प्रदेशसभाको बैठक लगातार तीन दिन स्थगन श्रममन्त्री यादव भन्छन्ः ढुक्क हुनुस्, हामी देश यसैपालि बनाउँछौँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप ४ हजार ४७ जनामा संक्रमण पुष्टि



अ+ अ-

काठमाडौं । आज नेपालमा थप ४ हजार ४७ जनामा कोरोना संक्रमण देखिएको छ । १४ हजार ५ सय ३० पीसीआर परीक्षण भएकोमा १ हजार ५ सय ६५ महिला र २ हजार ४ सय ८२ पुरुषमा संक्रमण देखिएको स्वाथ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । काठमाडौंमा १ हजार ८ सय ८८, भक्तपुरमा १ सय १८ र ललितपुरमा २ सय ७७ गरी उपत्यकामा २ हजार २ सय ८३ जनामा संक्रमण देखिएको छ । यो सँगै देशभरी कुल संक्रमितको संख्या १ लाख ११ हजार ८ सय २ पुगेको छ ।

आज देशभरी सक्रिय संक्रमितको संख्या ३३ हजार ८ सय ८० जना रहेको छ । संस्थागत आइसोलसनमा प्रदेश नम्बर १ मा १ हजार ५ सय ८७, प्रदेश नम्बर २ मा ७ सय ५, बागमती प्रदेशमा ८ हजार ८ सय ५४ र गण्डकी प्रदेशमा ५ सय २९ जना रहेका छन । यस्तै लुम्बिनी प्रदेशमा १ हजार ४ सय ७९, कर्णाली प्रदेशमा ५ सय ६ र सुदूरपश्चिम प्रदेशमा २ सय ६३ गरी देशभरी १३ हजार ९ सय २३ जना संक्रमित संस्थागत आइसोलेसनमा रहेका छन ।

यसैगरी होम आइसोलेसनमा प्रदेश नम्बर १ मा २ हजार ३ सय ८८, प्रदेश नम्बर २ मा ४ सय ५६, बागमती प्रदेशमा १३ हजार ४ सय ८९ र गण्डकी प्रदेशमा ८ सय ४२ जना रहेका छन । यस्तै लुम्बिनी प्रदेशमा १ हजार ७ सय ८०, कर्णाली प्रदेशमा ४ सय ८८ र सुदूरपश्चिम प्रदेशमा ५ सय १४ गरी देशभरी १९ हजार ९ सय ५७ जना होम आइसोलेसनमा रहेका छन ।

आज १ हजार ४ सय ७३ डिस्चार्ज भएका छन । आजसम्म प्रदेश नम्बर १ मा ६ हजार ६ सय ८७, प्रदेश नम्बर २ मा १५ हजार ९०, बागमती प्रदेशमा २९ हजार ३ सय ८९ र गण्डकी प्रदेशमा ४ हजार २ सय ५५ जना डिस्चार्ज भएका छन । यस्तै लुम्बिनी प्रदेशमा १० हजार ७ सय ८१, कर्णाली प्रदेशमा ३ हजार ४ सय ८० र सुदूरपश्चिम प्रदेशमा ७ हजार ५ सय ९५ जना गरी देशभरी ७७ हजार २ सय ७७ जना डिस्चार्ज भएर घर फर्किएका छन । आइसुयुमा २ सय ७९ र भेन्टिलेटरमा ६७ जना संक्रमित उपचाररत रहेका छन ।

सरकारले सात वटै प्रदेशका १४ अस्पतालबाट गरिब तथा विपन्न वर्गलाई आकस्मिक स्वास्थ्य सेवा निः शुल्क उपलब्ध बनाउन कार्यविधि जारी गरी १४ करोड उपलब्ध गराएको छ । देशका विभिन्न १० अस्पतालमा ट्रमा युनिट बनाउने गरी प्रतियुनिट ५० लाखका दरले रकम उपलब्ध गराइएको प्रवक्ता डा. गौतमले बताउनुभयो । यस्तै कोसी, भरतपुर र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आकस्मिक कक्ष निर्माणका लागि ९ करोडका दरले ३६ करोड रकम उपलब्ध गराइएको उहाँले बताउनुभयो ।