१८ असार २०८३, बिहीबार
,
Latest
जनताको करबाट सहकारी बचत फिर्ता गर्न नहुने : सांसद पार्वती विक कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान मन्त्रालयमा सल्लाहकार नियुक्तिबारे सरकारः पाँचमध्ये एक जना मात्र वैतनिक सल्लाहकार हुन् ट्राफिक नियमको पूर्णपालना गर्न मुख्यमन्त्री शाहको आग्रह पीडित बचतकर्ताको हित हुनेगरी सहकारी विधेयक अगाडि बढाइयोस्ः पद्मा अर्याल यी हुन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू शिक्षा नियमावलीको १०औँ संशोधन स्वीकृत प्रतिपक्षको अवरोधका कारण मधेस प्रदेशसभाको बैठक स्थगित कोशी प्रदेशसभाको बैठक लगातार तीन दिन स्थगन श्रममन्त्री यादव भन्छन्ः ढुक्क हुनुस्, हामी देश यसैपालि बनाउँछौँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना भाइरसबाट थप ९ जनाको मृत्यु



अ+ अ-

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप ९ जनाको मृत्यु भएको छ ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २ महिला र ७ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । काठमाडौंमा ७१ वर्षिया र चितवनमा ४० वर्षिया महिलाको मृत्यु कोरोना भाइरसबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । 

यस्तै सुनसरीमा ३७ वर्षिय, ८९ वर्षिय र ९० वर्षिय पुरुषको मृत्यु भएको छ । यस्तै ललितपुरमा ५० वर्षिय, रुपन्देहीमा ७४ वर्षिय, काठमाडौंमा ६३ वर्षिय र ६७ वर्षिय महिलाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय ४५ पुगेको छ ।