काठमाडौ । ईण्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा सट्टावाजी गर्ने ७ जना पक्राउ परेका छन् । दुवई, सारजहा, अवुधावीमा संचालन भईरहेको ईण्डियन प्रिमियर लिगको सट्टावाजी भईरहेको भन्ने सूचनाको आधारमा कालिमाटी वृत्तले बिभिन्न स्थानबाट उनिहरुलाई पक्राउ गरेको हो । भारत घर भै हाल काठमाडौ महानगरपालीका वडा नं १३ कालिमाटीमा बस्ने कुलदिप शारणले सट्टाबाजी खेलाउने गरेको सुचना पाएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । शारणको बयानका आधारमा अन्यलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा भारत घर भई हाल कमलपोखरी स्थित होटल कोनार्क ईनमा बस्ने कुलदिप शारण , सन्जिव शारण सिन्धुपाल्चोकका प्रदिप घिमिरे , भारत कानपुर घर भई कुलेश्वर बस्ने अजय गौतम ,कुलेश्वर बस्ने उत्तम सापकोटा ,सोल्टिमोड वस्ने अनिल कुमार बमसल ,राजस्थान घर भई हाल वसन्तपुर वस्ने नविन जैन रहेका छन् । प्रहरील् उनिहरुको साथ ाबट २ ओटा सबारी साधन र १,८५,१२० नेपाली रुपिया बरामद गरेका छ ।











