७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी

‘धारा नेपालगञ्ज म्याराथन’को उपाधि खडक र सन्तोषीलाई

‘धारा नेपालगञ्ज म्याराथन’को उपाधि खडक र सन्तोषीलाई
अ+ अ-

जानकी, (बाँके) । दशौँ धारा नेपालगञ्ज म्याराथनको उपाधि पुरुषतर्फ नेपाली सेनाका खडकबहादुर खड्काले तथा महिलातर्फ सन्तोषी श्रेष्ठले जित्नुभएको छ ।

खड्काले दुई घण्टा १७ मिनेट ४८ सेकेण्डमा ४२ दशमलव एक सय ९५ किलोमिटरको दौड पूरा गर्दै उपाधि जित्नुभएको हो । उहाँ गत संस्करणको उपविजेता र आठौँ संस्करणको विजेता पनि हुनुहुन्छ ।

पुरुष म्याराथनमा नेपाली सेनाकै राजन रोकाया र सुशील कुमार क्रमश: दोस्रो र तेस्रो हुनुभएको छ । रोकायाले दुई घण्टा १७ मिनेट ५३ सेकेण्डमा निर्धारित दूरी पार गर्नुभएको थियो  भने शाहीले दुई घण्टा २१ मिनेट ४५ सेकेण्डमा सो दूरी पूरा गर्नुभएको थियो । विजेताले क्रमश: रु दुई लाख, रु एक लाख र रु ५० हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

खड्का र रोकायाले नेपालगञ्ज म्याराथनको कोर्षको कीर्तिमान पनि तोड्नुभएको छ । म्याराथनमा चौथो हुनेमा सन्तोषविक्रम शाही, पाँचौँमा रुद्र बुढाथोकी, छैटौँमा मानकर्ण केसी, सातौँमा निर्मल कुँवर, आठौँमा खेमबहादुर शाही, नवौँमा भरतकुमार श्रेष्ठ र १०औँमा मङ्गले तामाङ रहनुभएको छ । उहाँहरुले क्रमश: रु २५ हजार, रु १५ हजार, रु १० हजार, रु आठ हजार, रु सात हजार, रु ६ हजार र रु पाँच हजार पुरस्कार प्राप्त गर्नुभएको छ ।

यसैगरी नेपालगञ्ज महिला हाफ म्याराथनको उपाधि लगातार चौथोपटक सन्तोषी श्रेष्ठले जित्नुभएको छ । सो स्पर्धामा पुष्पा भण्डारी दोस्रो र विमला कार्की तेस्रो हुनुभएको छ । उहाँहरूले क्रमश: रु ७५ हजार, रु ५० हजार र रु २५ हजार पुरस्कार प्राप्त गर्नुभएको छ । सन्तोषीले एक घण्टा १७ मिनेट ३० सेकेण्डमा कोर्ष पूरा गर्नुभएको थियो भने दोस्रो हुनुभएकी भण्डारीले निर्धारित दूरी एक घण्टा १९ मिनेट १२ सेकेण्डमा पूरा गर्नुभएको थियो । तेस्रो भएकी विमला कार्कीले एक घण्टा ४९ मिनेट १५ सेकेण्ड र चौथो भएकी स्वस्तिका शाहीले निर्धारित दूरी एक घण्टा ५२ मिनेट ३४ सेकेण्डमा पूरा गर्नुभएको थियो ।

पुरुषतर्फ म्याराथन र महिलातर्फ हाफ म्याराथनसहित पाँच किमी विद्यालयस्तरीय छात्र एवं छात्रा, किड्स रन, पाँच किमी कर्पोरेट रन, पाँच किमी ट्राइसाइकल र पाँच किमी वाकाथनलगायत विधा समावेश गरिएको थियो । विद्यालय बाह्यतर्फ छात्रमा विकास विक प्रथम, अजय पाण्डे क्षेत्री दोस्रो र रमेश बुढा तेस्रो हुनुभयो । विद्यालय बाँके छात्रतर्फ अर्विन यादव पहिलो, अमृत शाही दोस्रो र विजय खड्का तेस्रो हुनुभयो ।

यसैगरी किड्स रन बोइजतर्फ पाँच सय मिटरमा राजन थारू, नारायण साउद र अरुण खटिक क्रमश: पहिलो, दोस्रो र तेस्रो हुनुभएको छ । किड्स रन गल्र्स्तर्फ मीनाक्षी साउद, पुजन विराट र अञ्जली सेजुवाल क्रमश: पहिलो, दोस्रो र तेस्रो हुनुभयो । यसैगरी कर्पोरेट रनतर्फ योगेश मल्ल पहिलो, डा आरके लामिछाने दोस्रो र मधु सुनार तेस्रो हुनुभयो । ट्राइसाइकलतर्फ राजेश हरिजन प्रथम र मीनकुमारी नेपाली दोस्रो हुनुभएको छ ।

सरकार र तत्कालीन विद्रोही माओवादीबीच २०६३ मङ्सिर ५ गते भएको विस्तृत शान्ति सम्झौताको स्मरण गर्दै हरेक वर्ष मङ्सिरको पहिलो शनिबार हुँदै आएको धारा नेपालगञ्ज म्याराथन यस वर्ष मङ्सिर २२ गते आयोजना गरिएको आयोजक संस्था ‘क्रियटीभ ह्याण्ड्स’का संस्थापक अध्यक्ष टीएस ठकुरीले जानकारी दिनुभयो ।

नेपालगञ्ज म्याराथनलाई सुरुआतदेखि निरन्तर सहयोग गर्दै आएका व्यक्ति तथा संस्थालाई ‘दशक रत्न’ सम्मानले सम्मानित गरिएको छ । म्याराथन दश वर्षमा पुगेको अवसरमा उक्त सम्मान दिइएको अध्यक्ष ठकुरीले बताउनुभयो । रासस