१८ असार २०८३, बिहीबार
,
Latest
जनताको करबाट सहकारी बचत फिर्ता गर्न नहुने : सांसद पार्वती विक कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान मन्त्रालयमा सल्लाहकार नियुक्तिबारे सरकारः पाँचमध्ये एक जना मात्र वैतनिक सल्लाहकार हुन् ट्राफिक नियमको पूर्णपालना गर्न मुख्यमन्त्री शाहको आग्रह पीडित बचतकर्ताको हित हुनेगरी सहकारी विधेयक अगाडि बढाइयोस्ः पद्मा अर्याल यी हुन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू शिक्षा नियमावलीको १०औँ संशोधन स्वीकृत प्रतिपक्षको अवरोधका कारण मधेस प्रदेशसभाको बैठक स्थगित कोशी प्रदेशसभाको बैठक लगातार तीन दिन स्थगन श्रममन्त्री यादव भन्छन्ः ढुक्क हुनुस्, हामी देश यसैपालि बनाउँछौँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतपुरका कोरोना संक्रमितको मृत्यु



अ+ अ-

चितवन । चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा उपचाररत एक जना संक्रमितको मृत्यु भएको छ ।

सोमबार राती भरतपुर महानगरपालिका–१० का एक पुरुषको मृत्यु भएको हो । 

असोज २२ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएका ७८ वर्षीय पुरुष असोज २४ गते अस्पताल भर्ना भएका थिए ।

प्रोस्टेट क्यान्सरको पनि समस्या देखिएका उनलाई अस्पतालले आईसीयूमा राखेर उपचार गर्दै आएको थियो ।

श्वासप्रश्वासमा समस्या बढेपछि उनी अस्पताल भर्ना भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।