१८ असार २०८३, बिहीबार
,
Latest
सरकारको दाबी : फिफाको एन्फा निलम्बन अहिलेको हस्तक्षेपका कारण मात्रै होइन जनताको करबाट सहकारी बचत फिर्ता गर्न नहुने : सांसद पार्वती विक कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान मन्त्रालयमा सल्लाहकार नियुक्तिबारे सरकारः पाँचमध्ये एक जना मात्र वैतनिक सल्लाहकार हुन् ट्राफिक नियमको पूर्णपालना गर्न मुख्यमन्त्री शाहको आग्रह पीडित बचतकर्ताको हित हुनेगरी सहकारी विधेयक अगाडि बढाइयोस्ः पद्मा अर्याल यी हुन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू शिक्षा नियमावलीको १०औँ संशोधन स्वीकृत प्रतिपक्षको अवरोधका कारण मधेस प्रदेशसभाको बैठक स्थगित कोशी प्रदेशसभाको बैठक लगातार तीन दिन स्थगन
तपाईं के खोज्दै हुनुहुन्छ ?

केन्द्रको निर्देशनमा कर्णालीको सत्ता संघर्ष थामथुम हुदै, मन्त्रीहरु परिबर्तन हुने



अ+ अ-

काठमाडौ । मुख्यमन्त्री महेन्द्र बहादुर शाही बिरुद्ध बहुमत सदस्यहरु उभिएपछि संकटमा परेको कर्णाली प्रदेश सरकार केही समयकालागि जोगिने भएको छ । कर्णाली प्रदेश मा दुई नेताहरु महेन्द्र बहादुर शाही र यमलाल कडेलको टकराबबाट सुरु भएको बिमति मुख्यमन्त्री हटाउने खेल सम्म पुगेपछि केन्द्रमा  नै हलचल ल्यायो ।  

यसको बाछिटा अन्य प्रदशेमा पनि पुग्ने संकेत देखिएपछि पार्टी अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालले आ– आफना समुहका नेताहरु बिवाद नबढाउन  निर्देशन  दिएपछि मुख्यमन्त्री शाहीलाई तत्कालका लागि केही राहत पुगेको छ ।

सरकार  एकलैटी हिसाबले संञ्चालन गरेको, पार्टी संग समन्वय नगरेको भन्दै अध्यक्ष ओली निकट नेता कडेलको अगुवाईमा बहुमत सदस्यहरु मुख्यमन्त्रीको बिपक्षीमा पुगेका थिए ।

मंगलबार बिहान मात्र नेकपा संसदियदलका उपनेता शुवासचन्द्र नेवाङ्गले कणाृलीका नेताहरुलाई अध्यक्ष ओलीको सन्देश सुनाउदै बिवाद नबढाउन निर्देशन दिनु भएको छ । दिउसो संसदिय दलको बैठक राखी मुख्यमन्त्री हटाउने खेलमा मा लागेका नेताहरुको भेटघाट तथा बैठकहरु के गर्ने भन्ने बारेमा अनौपचारीक छलफलहरु भै रहेका छन् ।