काठमाडौं । नेपाल प्रीमियर लिग एनपिएल अन्तरगत आजको पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा भइरहेको छ ।
किर्तीपुरस्थित टियु मैदानमा जारी खेलमा सुदूरपश्चिमले लुम्बिनीलाई १८८ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले २० ओभरमा ४ विकेटको क्षतिमा १८७ रन जोड्यो । उसका लागि सैफ जइबले बिस्फोटक पारी खेले । उनले ६१ बलमा ५ छक्का र ६ चौकाको मद्दतमा ९० रन बनाए ।
यस्तै, ब्रेन्डन म्याकमुलेनले २३, बिनोद भण्डारीले १७, दिपेन्द्र सिंह ऐरीले अविजित ३९ तथा स्कट कुगलेजिनले ११ रन जोडे ।
बलिङतर्फ लुम्बिनीका रेमोन सिमोन्ड्सले २ तथा रोहित पौडेलले र बिबेक यादवले १(१ विकेट लिए ।









