२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गौसको शानदार शतकमा पोखराले लुम्बिनीलाई १० विकेटले हरायो



अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा एन्ड्रिज गौसको शानदार शतकमा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई १० विकेटले हराएको छ ।

लुम्बिनीले दिएको १७१ रनको लक्ष्य पछ्याएको पोखराले १६ ओभर ५ बलमा विना विकेटको क्षतिमा पुरा गर्‍यो ।

पोखराका ओपनर आन्द्रेस गौसले एनपिएलकै पहिलो शतक प्रहार गरे । उनले ५५ बलमा १२ चौका र ५ छक्काको सहयोगमा १०४ रन बनाए ।यससँगै गौस एनपीएलमा सबैभन्दा छिटो अर्धशतक प्रहार गर्ने खेलाडि बनेका छन् । उनले २० बलमै ५ चौका र ३ छक्का मदतमा अर्धशतक पूरा गरेका हुन् । यसअघि सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले विराटनगर किंग्स विरुद्ध २३ बलमा अर्धशतक हानेका थिए ।

गौस र दिनेश खरेलले १७६ रनको कीर्तिमानी अविजित साझेदारी गरे । खरेलले ४६ बलमा ४ चौका र ४ छक्कासहित ६१ रन बनाए ।

बलिङतर्फ लुम्बिनीका कुनैपनि खेलाडिले विकेट लिन सकेनन् ।

त्यसअघि टीयू मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनीले कप्तान रोहित पौडेलको ९५ रन मदतमा निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७० रन बनाएको थियो ।

रोहितले ५९ बल खेल्दै १० चौका र ४ छक्का मद्दतमा ९५ रन बनाएका थिए । रोहित र टम मुर्सले चौथो विकेटका लागि ११० रनको शतकीय साझेदारी गरेका थिए । मुर्सले ३८ बल खेल्दै २ चौका र २ छक्का मद्दतमा ४५ रन बनाए । दुई ओपनर आशुतोष घिरैया र उन्मुक्त चन्द शून्यमा आउट हुँदा सन्दिप जोराले १८ रन बनाए ।

पोखराका विपिन खत्रीले २ विकेट लिँदा म्याट क्रिटलेले १ विकेट लिए ।