काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा एन्ड्रिज गौसको शानदार शतकमा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई १० विकेटले हराएको छ ।
लुम्बिनीले दिएको १७१ रनको लक्ष्य पछ्याएको पोखराले १६ ओभर ५ बलमा विना विकेटको क्षतिमा पुरा गर्यो ।
पोखराका ओपनर आन्द्रेस गौसले एनपिएलकै पहिलो शतक प्रहार गरे । उनले ५५ बलमा १२ चौका र ५ छक्काको सहयोगमा १०४ रन बनाए ।यससँगै गौस एनपीएलमा सबैभन्दा छिटो अर्धशतक प्रहार गर्ने खेलाडि बनेका छन् । उनले २० बलमै ५ चौका र ३ छक्का मदतमा अर्धशतक पूरा गरेका हुन् । यसअघि सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले विराटनगर किंग्स विरुद्ध २३ बलमा अर्धशतक हानेका थिए ।
गौस र दिनेश खरेलले १७६ रनको कीर्तिमानी अविजित साझेदारी गरे । खरेलले ४६ बलमा ४ चौका र ४ छक्कासहित ६१ रन बनाए ।
बलिङतर्फ लुम्बिनीका कुनैपनि खेलाडिले विकेट लिन सकेनन् ।
त्यसअघि टीयू मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनीले कप्तान रोहित पौडेलको ९५ रन मदतमा निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७० रन बनाएको थियो ।
रोहितले ५९ बल खेल्दै १० चौका र ४ छक्का मद्दतमा ९५ रन बनाएका थिए । रोहित र टम मुर्सले चौथो विकेटका लागि ११० रनको शतकीय साझेदारी गरेका थिए । मुर्सले ३८ बल खेल्दै २ चौका र २ छक्का मद्दतमा ४५ रन बनाए । दुई ओपनर आशुतोष घिरैया र उन्मुक्त चन्द शून्यमा आउट हुँदा सन्दिप जोराले १८ रन बनाए ।
पोखराका विपिन खत्रीले २ विकेट लिँदा म्याट क्रिटलेले १ विकेट लिए ।










