२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन काठमाडौं रेड्सलाई सफलता भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत सिमकोटमा विद्युत् आपूर्ति बन्द निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना असर: सीमित सङ्ख्यामा सुनुवाइ गर्ने सर्वोच्चको निर्णय



अ+ अ-

काठमाडौँ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनलगायतका विभिन्न भेरिएन्टका कारण उत्पन्न विषम र असहज परिस्थिति उत्पन्न भएको भन्दै सर्वोच्च अदालतले सुनुवाइका कार्यहरु व्यवस्थित ढङ्गले सीमित सङ्ख्यामा सञ्चालन गर्ने निर्णय गरेको छ ।

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा न्यायाधीश, मुख्य रजिस्ट्रारलगायत हालसम्म ३१ जनामा कोभिड सङ्क्रमण देखिएकाले अदालतको कार्य प्रकृतिअनुसार अदालतमा हुने उपस्थिति र भीडभाडलाई आवश्यक व्यवस्थापन गरी सेवाग्राही, अदालतमा कार्यरत जनशक्ति, कानून व्यवसायी एवं अदालतमा आउने अन्य सरकोकारवालाहरुको स्वास्थ्य, सुरक्षा र रोग सङ्क्रमणको जोखिम न्यूनीकरण गर्न त्यस्तो निर्णय गरिएको उल्लेख छ ।

सर्वोच्च अदालतको पूर्ण बैठकले यही माघ ५ गतेदेखि माघ १८ गते दुई हप्तासम्म बन्दीप्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित अत्यन्त जरुरी प्रकृतिका जीवन र जनस्वास्थ्य तथा सार्वजनिक महत्वका मौलिक हकसँग सम्बन्धित रिट निवेदनहरुको नियमित सुनुवाइ गर्ने निर्णय गरेको छ ।

उक्त अवधिमा मुद्दा फिर्ता, तामेली एवं मिलापत्रसम्बन्धी कामकारवाही नियमित सञ्चालन हुने, थुनुवा भएका मुद्दाका सुनुवाइ गर्ने, हेर्दाहेर्दै र नि.सु. मा रहेको मुद्दाको सुनुवाइ गर्ने, नेपाल सरकारको तर्फबाट दर्ता भएका प्रत्यर्थी झिकाउने आदेश नभएका पुनरावदेनको सुनुवाइ गर्ने तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३, १३७(६) र १५५ बमोजिमका निवेदन तथा प्रतिवेदनउपर सुनुवाइ गर्ने पनि सर्वोच्चले निर्णय गरेको छ ।