काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)मा आज शुक्रबार दुई खेलहरु हुँदैछन् ।
पहिलो खेलमा कर्णाली याक्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ । खेल बिहान ९ बजे सुरु हुनेछ । यसअघिका दुबै खेलमा पराजित कर्णाली पहिलो जितको खोजिमा रहेको छ ।
अर्कोतर्फ यसअघिका दुबै खेलमा जित निकालेको चितवन लगातार तेस्रो जितको खोजिमा रहेको छ ।
यस्तै, आज दिउँसो पोखरा एभेन्जर्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल १ बजे सुरु हुनेछ । पोखराको आजको खेल तेस्रो रहेको छ ।
यसअघिका दुबै खेलमा हार ब्यहोरेको पोखरालाई जित्नैपर्ने दबाब छ । अर्कोतर्फ पहिलो खेलमा हार ब्यहोरेको लुम्बिनी आजको खेलमा जित निकाल्ने दाउमा छ ।
अंकतालिकामा ३ खेलमा ३ जितसहित ६ अंकका साथ जनकपुर बोल्ट्स शीर्षस्थानमा छ ।










