२४ मंसिर २०८२, बुधबार
,
Latest
प्रभु बैंकका रेमिट्यान्स प्रमुख शाक्य पक्राउ बसको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते काठमाडौँ विश्वविद्यालयका दुई हजार दुई सय विद्यार्थी दीक्षित सरकारसँग मानव अधिकार आयोगको गुनासोः सिफारिस अझै कार्यान्वयन भएन उपराष्ट्रपति यादवसँग कतारका राजदूतको शिष्टाचार भेट ३ महिनापछि जेन–जी प्रतिनिधिसँग सम्झौता गर्दै सरकार एनपीएलः काठमाण्डुद्वारा लुम्बिनीसामु सामान्य लक्ष्य गरिमा विकास बैंकका ऋणी मुखियाको आत्मदाह प्रयास राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस कार्यान्वयनमा सरकार प्रतिवद्ध छः कानूनमन्त्री सिन्हा आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्रीको नक्कली पिए पक्राउ



अ+ अ-

काठमाण्डौं। गृहमन्त्रीको ‘प्रमुख स्वकीय हुँ’ भन्दै प्रहरीर प्रशासनदेखि विभिन्न निकायमा फोन गर्ने नक्कली पिए लाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

गृहमन्त्री रमेश लेखकको पिए बताउँदै विभिन्न क्षेत्रबाट लाभ लिन खोज्ने बैतडीको भुमेश्वर गाउँपालिका–७ का २६ बर्षीय करनसिंह विष्टलाई काठमाण्डौबाट पक्राउ गरिएको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक सानुराम भट्टराईले नक्कली पिए विष्टलाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिनुभयो ।

उहाँले नक्कली पिए भन्दै ठगी गर्दै हिडेका विष्टलाई धुम्वाराहीबाट पक्राउ गरेको जानकारी दिदैं प्रहरी बरिष्ठ उपरीक्षक भट्टराईले कानुनी कारबाही अघि बढिसकेको जानकारी दिनुभयो ।

त्यसैगरी गृहमन्त्रीको सचिवालयले पनि नक्कली पिएको विषय सचिवालयमा आएपछि केही समय यता सुक्ष्म रुपमा जानकारी लिइरहेको थियो ।

नक्कली पिएले अनावश्यक दबाब दिएर फोन गर्न थालेपछि सचिवालको आग्रहमा पक्राउ गरिएको हो । गृहमन्त्रीको सचिवालयले पनि विभिन्न क्षेत्रमा पिएरसल्लाहाकार हुँ भन्दै फोन गर्ने व्यक्तिहरुबाट सर्तक रहन आग्रह गरेको छ ।