२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनगढीमाई नगरपालिकाका तत्कालिन प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा दायर



अ+ अ-

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा सिरहाको धनगढीमाई नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

नगरपालिकाले मिलेमतोमा बिक्रेतासँग औषधि खरिद नगरी बिल बनाएर दाखिला नगरेर रकम निकासा गरेको भन्दै आयोगले बिहीबार ५ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

तत्कालिन प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद बगाले, लेखा अधिकृत पुरुषोत्तमकुमार प्रसाद, तत्कालिन स्वास्थ्य शाखा प्रमुख सुरैत चौधरी, तत्कालिन जिन्सी शाखा प्रमुख सम्पैत यादव र हेल्पिङ मल्टिपर्पोज प्राली मैतीदेवी काठमाडौं तथा उक्त फर्मका प्रबन्ध निर्देशक माधवप्रसाद गौतम बिरुद्ध छुट्टाछुट्टै ४ लाख ६० हजार ८१० रुपैयाँ बिगो दाबी जरिवाना तथा कैद सजायको माग सहित मुद्दा दायर गरेको आयोगका सहसचिव एवम प्रवक्ता नरहरि घिमिरले जानकारी दिए ।

उनीहरुले नगरपालिकाको आर्थिक वर्ष २०७८र०७९ मा आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवाका औषधि खरिदको लागि नेपाल सरकारको सःशर्त अनुदान शीर्षकबाट विनियोजित रकममध्ये १७ प्रकारका औषधि स्थानीय पत्रिकामा प्रकाशित मूल्यभन्दा बढी मूल्य राखी खरिद गराएको पाईएको छ । यसबाट ४ लाख ६० हजार ८१० रुपैयाँ नेपाल सरकार र सार्वजनिक संस्थालाई हानिनोक्सानी पुर्‍याएको पाइएको छ ।

Press-Release-२०८०-०८-२० गोपाल प्रसाद बगालेसमेत