२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
आईएमई लाइफको सहयोगमा १०० विपन्न नागरिकको निःशुल्क मोतीबिन्दु शल्यक्रिया हुने भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद सांसद बोल्ने, सरकार नसुन्ने परम्परा अन्त्य हुनुपर्छः रास्वपा सांसद आचार्य बागलुङको चार पालिकामा ३० हजारलाई दादुराविरुद्धको खोप मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा मेची राजमार्ग किनारका घर भत्काउने निर्णय फिर्ता लिन सांसद सुब्बाको माग ओलीलाई रास्वपा सदस्य देखाइएको नक्कली पोस्टरबारे संसदमा प्रश्न, दोषीमाथि कारबाहीको माग राज्य व्यवस्था समितिद्वारा कार्यविधि मस्यौदा र विभिन्न उपसमितिहरू गठन, कारागार र अख्तियारको अनुगमन गरिने सरकारसँग एमाले सांसद सुब्बाको मागः मेची राजमार्ग सडक सीमा भित्रको भौतिक संरचना हटाउने निर्णय तत्काल… भक्तपुर अस्पतालमा सरकारी स्तरमै पहिलो पटक रोबोटिक सर्जरी सेवा सुरु हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैज्ञानिक विधिबाट माटो संरक्षण गरौँः कृषिसचिव शर्मा



अ+ अ-

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माले वैज्ञानिक विधिबाट माटोको संरक्षण गर्नुपर्ने बताउनुभएको छ ।

बिहीवार कृषि विभागले माटो दिवसको अवसरमा ललितपुरमा गरेको कार्यक्रममा बोल्दै कृषिसचिव शर्माले यस्तो बताउनुभएको हो ।

उहाँले पछिल्लो समय प्राकृतिक माटोमा विभिन्न खालका दोहन र रासयनिक मलको कारण खाद्य तत्वहरुको कमी भइरहेको बताउनु भयो । उहाँले एक वर्षमा नेपालको माटो १.६ मिलिमिटर बगेर गएको विभिन्न तथ्याङ्कले देखाएको बताउनु भयो । उहाँले माटोको दैनिक रुपमा खाद्य तत्व(स्वायल फर्टीलिटी) र उत्पादकत्व कमी भएको बताउनु भयो । उहाँले माटोमा खाद्य तत्व र उत्पादन क्षमता बढाउनको लागि वैज्ञानिक व्यवस्थापन गर्न जरुरी रहेको उल्लेख गर्नुभयो ।

उहाँले नेपालको पहाड र तराईको माटोको छुट्टा—छुट्टै वर्गिकरण गर्न आवश्यक रहेको भन्दै तराई र पहाडको माटोको नतिजालाई छुटै किसिमले विश्लेषण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले अहिलेसम्म तराई र शहरी क्षेत्रको माटो भन्दा पहाडको माटो कृषि उत्पादनको लागि ठिक रहेको बताउनु भयो । उहाँले पहाडमा गाईवस्तु पालेर अग्र्यानिक मलहरुको प्रयोग हुने गरेकाले माटो ठिक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘एक वर्षमा नेपालको माटो १.६ मिलिमिटर बगेर गएको छ । १ हजार वर्षमा फर्ममेसन भएको स्वायल १५ वर्षमा गएको छ । जुन धेरै अघिको डाटा हो । त्यो भन्दा बढी लस भएको भन्ने छ । मानिसहरुले खाने खाना ९५ प्रतिशत माटोमा नै उत्पादन हुन्छ । माटोको दैनिक रुपमा खाद्य तत्व(स्वायल फर्टीलिटी) र उत्पादकत्व कमी भएको छ । त्यसको व्यवस्थापन गर्न जरुरी छ । माटोलाई हामीले वैज्ञानिक ढङ्गबाट व्यवस्थापन गर्न आवश्यकता छ । नेपालको पहाड र तराईको माटोको वर्गिकरण छुट्टाछुट्टै गर्न आवश्यक छ । तराई र पहाडको माटोको नतिजालाई छुटै किसिमले विश्लेषण गर्नुपर्छ । तराई र शहरी क्षेत्रको माटो भन्दा पहाडको माटो अझै ठिक छ । गाईवस्तु पालेर अर्गानिक मलहरुको प्रयोग हुने गरेको छ ।’

उहाँले १ हजार वर्षमा फर्ममेसन भएको स्वायल १५ वर्षमा गएको देखिएको भन्दै माटोको संरक्षण गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले अहिलेसम्म मानिसहरुले खाने खाना ९५ प्रतिशत माटोमा नै उत्पादन हुने गरेको बताउनु भयो ।