२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवाहपञ्चमीः जानकी मन्दिरमा १०८ मिटरको चुनरी चढाइयो



अ+ अ-

जनकपुर । जनकपुरधामको सीताराम गौशालाले १०८ मिटरको चुनरी जानकी मातालाई अर्पण गरेको छ ।

सीताराम गौशालाद्वारा चढाइएको सो चुनरी सुरतको जिनमाता ट्रष्टले उपलब्ध गराएको हो ।

रामजानकीको तिलक भन्दा पूर्व सीताराम गौशालाका अध्यक्ष मनोज रुगंटाको नेतृत्वमा बुझाइएको सो चुनरीलाई लिएर सयौँ भक्तजन जानकी मन्दिरमा पुगेका थिए । मन्दिर पुग्नुपूर्व चुनरीलाई लिएर नगर परिक्रमा गरिएको थियो । चुनरीसहित परिक्रमा भइरहेको बेला स्थानीयवासी चुनरी माथि फूल वर्षाएका थिए । एकातिर जानकी माता र भगवान रामको तिलक भइरहेको छ भने अर्कोतर्फ चुनरी कार्यक्रमले विवाहपञ्चमी उत्सवकै रौनकता थपेको जानकी मन्दिरका पुजारी रामतपेश्वर दास वैष्णवले बताउनु भयो ।

सो कार्यक्रममा पूर्वमन्त्री एवं सांसद जुली महतो लगायत विभिन्न राजनीतिकर्मीहरुको पनि सहभागिता रहेको थियो ।