२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवाहपञ्चमीः जानकी मन्दिरमा १०८ मिटरको चुनरी चढाइयो



अ+ अ-

जनकपुर । जनकपुरधामको सीताराम गौशालाले १०८ मिटरको चुनरी जानकी मातालाई अर्पण गरेको छ ।

सीताराम गौशालाद्वारा चढाइएको सो चुनरी सुरतको जिनमाता ट्रष्टले उपलब्ध गराएको हो ।

रामजानकीको तिलक भन्दा पूर्व सीताराम गौशालाका अध्यक्ष मनोज रुगंटाको नेतृत्वमा बुझाइएको सो चुनरीलाई लिएर सयौँ भक्तजन जानकी मन्दिरमा पुगेका थिए । मन्दिर पुग्नुपूर्व चुनरीलाई लिएर नगर परिक्रमा गरिएको थियो । चुनरीसहित परिक्रमा भइरहेको बेला स्थानीयवासी चुनरी माथि फूल वर्षाएका थिए । एकातिर जानकी माता र भगवान रामको तिलक भइरहेको छ भने अर्कोतर्फ चुनरी कार्यक्रमले विवाहपञ्चमी उत्सवकै रौनकता थपेको जानकी मन्दिरका पुजारी रामतपेश्वर दास वैष्णवले बताउनु भयो ।

सो कार्यक्रममा पूर्वमन्त्री एवं सांसद जुली महतो लगायत विभिन्न राजनीतिकर्मीहरुको पनि सहभागिता रहेको थियो ।




भर्खरै