२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको चीन भ्रमण फलदायी हुने: ईश्वर पोखरेल



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण फलदायी हुने दाबी गर्नुभएको छ ।

चीन भ्रमणको विषयमा बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई)परियोजनालाई लिएर विभिन्न अड्कलबाजी भइरहेको भएपनि त्यो सत्य नरहेको बताउनुभएको हो । भ्रमणका क्रममा विभिन्न परियोजनाबारे औपचारिक छलफलहरु जारी रहेको उल्लेख गर्दै बिआरआई परियोजनाबारे अहिले नै बोल्नु गलत हुने बताउनु भयो । उहाँले बीआरआई परियोजनाबारे ज्वाइन्ट स्टेटमेण्ट आएपछि मात्र सबै कुराको जानकारी पाइने बताउनु भयो । उहाँले बिआरआई परियोजना राष्ट्रिय स्वार्थको विषय भएकाले अग्राधिकार दिएर अघि बढ्ने कुरामा नेपाली काँग्रेस र नेकपा एमालेबीच सहमतिको दस्तावेज तयार भएको बताउनु भयो । मंगलवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उहाँले बिआरआईलाई लिएर काँग्रेस नकारात्मक र एमाले सकारात्मक छ भन्ने भ्रम फैल्याइएपनि आफूहरु सहमतिमै अघि बढेको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘खासगरी बिआरआईलाई हेर्ने सन्दर्भमा बाहिर अनेक ढंगले अड्कलबाजीहरु भइरहेका थिए । बिआरआईका सम्बन्धमा कांग्रेस नकारात्मक र एमाले सकारात्मक छ भन्ने ढंगले पनि कुराहरु बाहिर आइरहेका थिए । त्यस्तो होइन हामी राष्ट्रिय स्वार्थको विषयलाई अग्राधिकार दिएर अगाडि बढ्छौं कांग्रेस र एमालेले नेपालको राष्ट्रिय राजनीतिमा नयाँ खालको सहमतिको दृष्टान्त हो स्थापित गरेका छौं । जहाँसम्म भ्रमणको कुरा छ आज समकक्षि चिनियाँ प्रधानमन्त्री र राष्ट्रपतिसँग पनि भेट भइसकेको जानकारी हामीले पाएका छौं । थप विवरण त भोलि जोइन्ट स्टेटमेण्ट आउँला त्यसमा आउनेछन् । हाम्रो पारस्परिक समझदारीमा बनेको तयारीका आधारमा कुराहरु भएका छन् । कुराहरु फलदायी ढंगले भएका छन् ।’

उहाँले प्रधानमन्त्रीको पहिलो भ्रमण आवश्यकताको आधारमा जुनसुकै मित्रराष्ट्रको हुनसक्ने कुरामा काँग्रेस र एमालेबीच एकमत रहेको उल्लेख गर्दै यसलाई अन्यथा लिन नहुने बताउनु भयो । उहाँले प्रधानमन्त्रीको चीन भ्रमण मुलतः राजकीय भ्रमण भएपनि पार्टीगत सम्बन्ध पनि सुमधुर हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘चीन र नेपालबीचको सम्बन्धको विषयलाई तीन वटा आयामबाट हेर्न जरुरी छ । एउटा, राजकीय सम्बन्ध, अर्को कम्युनिष्ट पार्टीहरुबीचको सम्बन्ध र जनस्तरको सम्बन्ध । यो तीन विषयका हिसाबले नेपाल–चीन सम्बन्धलाई बुझ्नुपर्छ जस्तो लाग्छ । यसपटक प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण मुलतः राज्यस्तर राजकीय भ्रमण हो । यसक्रममा राजनीतिक सम्बन्ध पनि हुने नै भयो । एउटा कुरा यो हो । अर्को कुरा, यसपटक प्रधानमन्त्री चीन भ्रमणमा गइरहँदा समाजमा विश्लेषक हौं भन्नेहरुले पहिले कुन देश जानुपथ्र्यो भन्ने हल्ला फैलाए । फलनोले बोलाएन अनि त्यसपछि चीन भ्रमणमा गए भनेर नि भनियो । अहिलेको सत्तासिन दलहरु नेकपा (एमाले) र नेपाली काँग्रेस आवश्यकताको आधारमा हुने भएकाले जुनसुकै देशको भ्रमण पनि पहिलो हुनुपर्दछ भन्ने मान्यतामा छौं । यही देशमा पहिले र त्यसपछि मात्र अन्य देशको भ्रमण भन्ने खालको बुझ्नु हुँदैन भन्ने कुरालाई हामीले स्थापित गरेका छौं । त्यो आवश्यकताले हाम्रा छिमेकी मित्र राष्ट्रहरुमा भ्रमण हुनसक्छ । त्यो स्वभाविक कुरा हो । यसलाई अन्यनथा लिनु हुँदैन ।’

काँग्रेस र एमाले आवश्यकताको आधारमा छिमेकी देशको भ्रमण गर्ने पक्षमा रहेको बताउनु भयो । प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीनबिच विभिन्न समझदारी पत्रमा हस्ताक्षर भएका छन् । जसमा भैँसीको तयारी मासु निर्यातसम्बन्धी प्रोटोकलमा हस्ताक्षरदेखि नेपाल–चीन व्यापार अभिवृद्धि सम्बन्धी सम्झदारीपत्रमा पनि हस्ताक्षर भएको छ । चीनले प्रश्ताव गरेको बीआरआई कार्यान्वयन योजनाको विकल्पमा नेपालले प्रश्तुत गरेको ‘फ्रेमवर्क अफ बेल्ट एण्ड रोड कोअपरेसन’ सम्झौतामा दुवै देशले चासो दिएका छन् । न्युज एजेन्सी नेपाललाई प्राप्त जानकारीअनुसार नेपालले प्रश्तुत गरेको बिआरआई सम्बन्धी ‘फ्रेमवर्क अफ बेल्ट एण्ड रोड कोअपरेसन’ सम्झौतामा  सहमति जुटेको छ । यद्यपि पुष्टि हुन बाँकी छ । —न्युज एजेन्सी नेपाल