• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै ★   प्रधानमन्त्रीले आज सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने ★   सबैको प्यारो छुक्छुके रेल अहिले कसरी भयो अपहेलित ? ★   पिएनजीसँग झण्डै हार्यो वेस्ट इन्डिज, २ पटकको च्याम्पियन १९ ओभरमा १३७ रनको लक्ष्य पछ्याउन सफल ★   जेठ अन्तिमदेखि मनसुन भित्रिँदै, सरदरभन्दा बढी वर्षा हुने ★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ

उपत्यकामा कोरोना रोकथाम सम्बन्धी अर्को आदेश जारी, के गर्न पाइन्छ के पाइँदैन ? (पूर्णपाठ)



काठमाडौं  । काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले कोरोना रोकथाम सम्बन्धी अर्को आदेश जारी गरेका छन्। कोरोना संक्रमण बढ्दै गएपछि उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालय(ललितपुर,भक्तपुर र काठमाडौं)ले एकै प्रकारका आदेश जारी गरेका हुन्। 

आज राति १२ बजेदेखि सबै प्रकारका आमसभा, जुलुस, भेला वा धेरै मानिसहरु भेला हुने क्रियाकलाप माघ मसान्तसम्म सञ्चालन गर्न रोक लगाइएको छ ।त्यस्तै गोष्ठी सेमिनार, समीक्षा बैठकजस्ता क्रियाकलाप गर्दा भर्चुअल माध्यमबाट सञ्चालन गर्न आग्रह गरेको छ । 

भौतिक रुपमा उपस्थित भइ गर्नुपर्ने भएमा जनश्वासस्थ्यका मापदण्ड पालना गरी २५ जनाभन्दा बढी उपस्थित नहुन आदेशमा भनिएको छ । 

यो पनिः कोभिड निर्देशिका आज मध्यरातदेखि लागू हुँदै, के गर्न पाइने के नपाइने ?