काठमाडौं । सप्तरीको डाक्नेश्वरी नगरपालिका–४ को अध्यक्षमा जसपा, नेपालका उम्मेदवार देवेन्द्रप्रसाद यादव निर्वाचित भएका छन् ।
उनी ३ सय ७२ मतसहित निर्वाचित भएका हुन् ।
आयोगको विवरण अनुसार यहाँ नेपाली कांग्रेसका जोगिन्द्र राय अमात २ सय ७७ मतसहित दोस्रो स्थानमा सीमित भएका छन् । त्यस्तै, जनमत पार्टीका उदय नारायण पंडितले २ सय ३१ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
यहाँ २०७९ को निर्वाचनमा नेपाली कांग्रेसा हरिप्रसाद राय ३ सय ३३ मतसहित विजयी भएका थिए ।








