१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,…
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेटौंडा–१२ मा नेपाली कांग्रेसका अर्जुन तिवारी विजयी



अ+ अ-

काठमाडौं । हेटौंडा उपमहानगरपालिका–१२ को वडा अध्यक्षमा नेपाली कांग्रेसका अर्जुन तिवारी विजयी भएका छन् । २०७४ यता तेस्रो पटकको प्रयासमा उनले जित निकाले ।

मतगणनाको अन्तिम नतिजाअनुसार तिवारी २०६३ मत प्राप्त गर्दै विजयी भएका छन् ।

उनले नेकपा माओवादी केन्द्रका रविकुमार प्रधानलाई ५०३ को फराकिलो मतान्तरले पराजित गरे । प्रधानले १५६० मत प्राप्त गरे । चुनावी प्रतिस्पर्धामा तेस्रो भएका नेकपा एमालेका राजेश नगरकोटीले १३९८ मात्रै मत ल्याए ।

यसैगरी, १२ नम्बर वडाको उपनिर्वाचनमा प्रतिस्पर्धा गरेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रेमबहादुर भ्लोनले १७८ मत, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आशावीर बलले ८३ मत ल्याएका छन् ।




भर्खरै