१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,…
तपाईं के खोज्दै हुनुहुन्छ ?

कीर्तिपुरको प्रमुखमा कांग्रेस र काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाको अग्रता



अ+ अ-

काठमाडौं । काठमाडौँका दुई स्थानीय तहमा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी छ । आज बिहान ४ बजेसम्मको विवरण अनुसार काठमाडौँ, महानगरपालिका वडा नं १६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रोजिना श्रेष्ठले एक हजार तीन सय पाँच मत प्राप्त गरी अग्रता कायम गर्नुभएको छ ।

यस्तै, नेपाली कांग्रेसका देवेन्द्र पाठकले एक हजार एक सय १० मत प्राप्त गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का लक्ष्मीरत्न महर्जनले आठ सय ४५, राष्ट्रिय प्रजातन्त्र पार्टीका श्यामकृष्ण महर्जनले पाँच सय ८६ र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का मीनबहादुर मानन्धरले पाँच सय ७२ मत प्राप्त गर्नुभएको आयोगले जनाएको छ ।

साथै कीर्तिपुर नगरपालिकाको प्रमुखका लागि भएको निर्वाचनको मतगणना जारी छ  । निर्वाचन आयोगका अनुसार प्रमुख पदका लागि नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डङ्गोलले चार सय ६४ मत प्राप्त गर्नुभएको छ ।

यस्तै, स्वतन्त्र उम्मेदवार राजमान महर्जनले तीन सय ५५, नेकपा (माओवादी केन्द्र)का शिवशरण महर्जनले तीन सय ३४, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सुरेन्द्र मानन्धरले तीन सय २७ मत प्राप्त गर्नुभएको छ ।




भर्खरै