१० माघ २०८१, बिहीबार
,
Latest
कांग्रेसले विपन्न नागरिकका पक्षमा काम गर्दै आएको छ : डा कोइराला इतिहासको पठनपाठन कम हुँदै जाँदा राष्ट्रिय एकता र स्वाभिमानमा असर पर्न सक्छः प्रधानसेनापति सिग्देल झापामा छ महिनामा पाँच सय ३२ घरेलु तथा साना उद्योग दर्ता ठगी सम्बन्धी कसुरका फरार प्रतिवादी पक्राउ बाइस्कोप सिनेमाको ब्यानरमा पहिलो फिल्म ‘परान’ निर्माण हुने वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ बैंकहरू समस्यामा छैनन्, अफवाह धेरै फैलियो : गभर्नर अधिकारी सुदूरपश्चिम प्रदेशसभामा प्रज्ञा-प्रतिष्ठानको विधेयक पारित असनमा आगलागीबाट रु ३५ लाखको क्षति पूर्व विभागीय प्रमुख मल्लको बिदाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

डोटीको पूर्वीचौकी–६ मा कांग्रेसका मोहन थापा विजयी



अ+ अ-

काठमाडौं । डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं. ६ को अध्यक्षमा नेपाली कांग्रेसका मोहन थापा विजयी भएका छन् ।

कांग्रेस उम्मेदवार थापा ४ सय ६८ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका देव थापाले ३ सय १ मत प्राप्त गरेका छन् ।

त्यसैगरी नेकपा माओवादी केन्द्रका देवीलाल थापाले ३६ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका जनकी खड्का कुँवरले ३१ मत प्राप्त गरेका छन् ।

यो वडामा ८ सय ३९ मत खसेको थियो । २०७९ सालमा भएको निर्वाचनमा पनि यो वडामा कांग्रेस विजयी भएको थियो ।