२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पालमससँग स्तब्ध बन्यो शीर्षस्थानको बार्सिलोना



अ+ अ-

काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले हार ब्यहोरेको छ । गएराति भएको खेलमा बार्सिलोना लास पालमससँग घरेलु मैदानमै २–१ गोलले स्तब्ध बनेको हो ।

खेलको ४९ औं मिनेटमा सान्ड्रो रामिरेजले गोल गर्दै पालमसलाई सुरुवाती अग्रता दिलाएका थिए । ६१ औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई १–१ गोलको बराबरीमा ल्याए । तर, ६७ औं मिनेटमा फाबियो सिल्भाले गोल गर्दै पालमसलाई जित दिलाए ।

पराजित बार्सिलोना १५ खेलबाट ३४ अंकका साथ तालिकाको शीर्षस्थानमा यथावत छ । पछिल्ला तीन खेलमा बार्सिलोनाले २ हार र १ बराबरीको नतिजा निकालेको छ ।

पालमस भने १५ अंकका साथ १४ औं स्थानमा छ ।