२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
यस्ता छन् औद्योगिक क्षेत्रको भाडा नतिर्ने उद्योगहरू तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

भुटानी शरणार्थीका समस्या समाधान गर्ने प्रधानमन्त्री ओलीको आश्वासन



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भुटानी शरणार्थीलाई तेस्रो मुलुक हस्तान्तरण गर्न आफूले भरपुर पहल गरेको स्मरण गर्नुभएको छ । प्रधानमन्त्री ओलीले मानवीय हिसावले कष्टकर जीवन यापन गर्दै आएका भुटानी शरणार्थीलाई आफ्नो समेत पहलमा तेस्रो मुलुक हस्तान्तरण गरेको बताउनुभयो ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा इन्ट्रा फाउण्डेशनका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री ओलीले भुटानी शरणार्थी तेस्रो मुलुक हस्तान्तरणमा पहल गर्दा आफूमाथि छुद्र टिप्पणी भएको भन्दै दु:ख समेत व्यक्त गर्नुभयो । ‘मावनीय दृष्टिले मैले शरणार्थी शिविरमा कष्टकर जीवन यापन गर्दै आएका एक लाख बढी भुटानी शरणार्थीलाई तेस्रो मुलुक हस्तान्तरण गर्न पहल गर्दा ममाथि अकेनप्रकारका छुद्र टिप्पणी भए,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

उहाँले भुटानले नेपाली भएकै कारण नेपाली भाषीलाई देश निकाला गरेको उल्लेख गर्दै अब अहिले तेस्रो देशमा पुर्नस्थापना भएका नेपालीभाषाी भुटानीलाई भुटानले शरणार्थीसमेत भन्न छाडेको बताउनु भयो । तर तेस्रो मुलुक पुर्नस्थापना भएका भुटानी योग्य र सक्षम भएको उल्लेख गर्दैै आगामी दिनमा भुटानले दक्ष जनशक्तिको रुपमा पहिला लखेटेका नागरिकलाई फिर्ता बोलाउने दाबी गर्नुभयो ।

उहाँले अहिले पनि शरणार्थी शिविरमा रहेका भुटानी शरणार्थीको समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताउनु भयो।

नेपाली मुलका भुटानी–अमेरिकी संस्था इन्ट्रा फाउण्डेशनका अध्यक्ष डिल्ली अधिकारीले शिविरमा बाकी रहेका भुटानी शरणार्थीको समस्या समाधान गर्न प्रधानमन्त्रीसँग आग्रह गर्नु भयो । शरणार्थी शिविरमा बाँकी रहेका शरणार्थीलाई फाउण्डेशनले शिक्षा तथा खाद्यान्नलगायतमा सहयोग गरिरहेको उल्लेख गर्नुभयो। शिविरमा रहेका बालबालिकालाई शिक्षा तथा बृद्धबृद्धालाई पोषणयुक्त खाद्यान्यमा फाउण्डेशनले सहगोय गरिरहेको उहाको भनाइ थियो ।

सो अवसरमा इन्ट्रा फाउण्डेशनले विश्वभरका नेपालीहरुबीचको पहिलो अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘ मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’ का विषयमा जानकारी गराइएको थियो ।

सो अवसरमा फाउण्डेशनका अध्यक्ष अधिकारीसंगै नेपाल टेलिभिजनका महाप्रवन्धक फूलमान वल, फाउण्डेशनका कार्यकारी निर्देशक चूडामणि भट्टराई, सचिब गोपाल धिताल, बोर्ड सदस्य ओम गुरुङलगायत सहभागी थिए ।