५ भाद्र २०८३, शुक्रबार
,
Latest
निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र खबराको केरामा ‘फ्युजारियम’ इरानका लागि युद्ध अन्त्य गर्न अनुकुल समय आएको छ : इरानी राष्ट्रपति स्थानीय विपद् जोखिम तथा जलवायु उत्थानशीलता ढाँचा तयार उपत्यकासहित विभिन्न स्थानमा वर्षा, राति चार प्रदेशमा भारी वर्षाको सम्भावना सुक्दै गएका पानीका मुहान संरक्षणका लागि नेपालकै पहिलो उप–राष्ट्रिय मार्गचित्र सार्वजनिक तेल निर्यातलाई प्रतिदिन एक करोड ब्यारेल पुर्‍याउने इराकको लक्ष्य सार्वजनिक सेवा सुधारका लागि सरकारले जारी गर्‍यो ‘क्विक फिक्स’ कार्ययोजना मधेस प्रदेशसभाः चालु अधिवेशन आज रातिदेखि अन्त्य हुने आत्महत्या निरुत्साहित गर्न मनोपरामर्श आवश्यक’
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेस्टहाममाथि सानदार जित निकाल्दै आर्सनल दोस्रो स्थानमा उक्लियो



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सानदार जित निकालेको छ ।

गएराति भएको खेलमा आर्सनलले वेस्टहाम युनाइटेडलाई उसकै घरेलु मैदानमा ५–२ गोलले पराजित गरेको हो । योसँगै आर्सनल अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

लण्डन स्टेडियममा सबै सातै गोल पहिलो हाफमा नै सम्भव भएको थियो ।

खेलको १० औं मिनेटमा नै आर्सनलले गाब्रियलको गोलबाट अग्रता लिएको थियो । २७ औं मिनेटमा लियान्ड्रो ट्रोसार्डले ३४ औं मिनेटमा मार्टिन ओडेगार्डले (पेनाल्टी), ३६ औं मिनेटमा काई हाभेट्र्जले र ४५+५ औं मिनेटमा बुकायो साकाले(पेनाल्टी) गोल गरे ।

यता, ३८ औं मिनेटमा आरोन बिसाकाले र ४० औं मिनेटमा इमर्सन पाल्मिएरीले गरेको गोल वेस्टहामका लागि सान्त्वना गोल भयो । आर्सनलको १३ खेलबाट २५ अंक छ । वेस्टहाम १५ अंकका साथ १४ औं स्थानमा छ ।