५ भाद्र २०८३, शुक्रबार
,
Latest
निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र खबराको केरामा ‘फ्युजारियम’ इरानका लागि युद्ध अन्त्य गर्न अनुकुल समय आएको छ : इरानी राष्ट्रपति स्थानीय विपद् जोखिम तथा जलवायु उत्थानशीलता ढाँचा तयार उपत्यकासहित विभिन्न स्थानमा वर्षा, राति चार प्रदेशमा भारी वर्षाको सम्भावना सुक्दै गएका पानीका मुहान संरक्षणका लागि नेपालकै पहिलो उप–राष्ट्रिय मार्गचित्र सार्वजनिक तेल निर्यातलाई प्रतिदिन एक करोड ब्यारेल पुर्‍याउने इराकको लक्ष्य सार्वजनिक सेवा सुधारका लागि सरकारले जारी गर्‍यो ‘क्विक फिक्स’ कार्ययोजना मधेस प्रदेशसभाः चालु अधिवेशन आज रातिदेखि अन्त्य हुने आत्महत्या निरुत्साहित गर्न मनोपरामर्श आवश्यक’
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपीएलको विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउने



अ+ अ-

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउने भएको छ । शनिबार एनपीएलको उद्घाटन कार्यक्रममा विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउने जानकारी गराइएको हो।

प्रतियोगिताको उपविजेताले ५० लाख पाउँछन भने तेस्रो हुने टिमले ३० लाख र चौथो हुने टिमले २० लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ। त्रिवि क्रिकेट मैदानमा भईरहेको उद्घाटन खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट्स खेल्दैछन् ।

सिंगल राउन्ड रोबिनका आधारमा हुने एनपीएलमा लिग चरणमा कुल २८ खेल हुनेछ। प्रतियोगिताको शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन्। पहिलो र दोस्रो हुने टिमबीच पहिलो क्वालिफायर खेल हुनेछ। यस खेलको विजेताले सीधै फाइनलमा स्थान बनाउनेछ भने तेस्रो र चौथो हुने टोलीले एलिमिनेटर खेल खेल्नेछन्।

एलिमिनेटरमा पराजित हुने टोली बाहिरिँदा एलिमिनेटरको विजेता र पहिलो क्वालिफायरको पराजित टोलीबीच दोस्रो क्वालिफायर खेल हुनेछ। यसको विजेताले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

एनपीएलको फाइनल खेल पुस ६ गते हुनेछ।