२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आचार संहिता विपरीत गतिविधि गर्ने ६ जना उम्मेदवारलाई आयोगले सोध्यो स्पष्टीकरण



अ+ अ-

काठमाडौं । निर्वाचन आयोगले आचार संहिता विपरीत गतिविधि गर्ने ६ जना उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ ।

आयोगको टोलीले गरेको अनुगमनका क्रममा उनीहरूले आचारसंहिता विपरीत चुनावी गतिविधि गरेको पाइएपछि आयोगले स्पष्टीकरण सोधेको हो ।

स्पष्टीकरण सोधिएका उम्मेदवारहरू कीर्तिपुर नगरपालिका र काठमाडौँ महानगर वडा नम्बर १६ का रहेका छन् ।

आयोगले कीर्तिपुर नगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार राजमान महर्जन, माओवादी केन्द्रका उम्मेदवार शिव शरण महर्जन र कामपा १६ बाट नेकपा एकीकृत समाजवादीका वडाध्यक्षका उम्मेदवार मीन बहादुर मानन्धरलाई स्पष्टीकरण सोधेको हो । यस्तै, १६ का स्वतन्त्र उम्मेदवार पशुपति कठायत, सम शाक्य र राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रोजिना श्रेष्ठलाई पनि स्पष्टीकरण सोधेको छ ।

आइतबार उपनिर्वाचन हुँदैछ ।