३० असार २०८३, मंगलवार
,
Latest
बैङ्ककको बारमा आगलागीः आधारभूत सुरक्षा उपायको अभाव रहेको विज्ञको दाबी सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण हेटौँडाबाट-काठमाडौँ जाने दुई सडकमार्गमा सवारीसाधन आवागमनमा रोक एसियन भिलेज रिसोर्टका अध्यक्ष शर्मा पक्राउ बीउविजन नियमावली संशोधन बुधबारदेखि १४.२ किलो ग्यास भएका सिलिण्डर बजारमा नक्कली शरणार्थी प्रकरण: को को दोषी ठहर भए, कसलाई कति सजाय ? समयमै उपचार नपाउँदा सर्पदंशका बिरामीले गुमाउँदै छन् ज्यान नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषका नवनियुक्त प्रतिनिधि हरि दासद्वारा परराष्ट्रमन्त्रीसमक्ष ओहदाको प्रमाणपत्र पेश सार्वजनिक खरिद ऐन संशोधन पूर्वाधार विकासका लागि ‘कोशेढुंगा’: निर्माण व्यवसायी महासंघ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रजनीकान्तकी छोरी ऐश्वर्या र धनुषको डिभोर्स



अ+ अ-

एजेन्सी । तमिल अभिनेता धनुष र ऐश्वर्या रजनीकान्तले औपचारिक रुपमा सम्बन्धविच्छेद गरेका छन् । सन् २०२२ मा यो जोडीले विवाह गरेको झण्डै १८ वर्षपछि छुट्टिन चाहेको घोषणा गरेका थिए ।

सन टिभी र न्युज १८ को रिपोर्टका अनुसार अदालतले धनुष र ऐश्वर्याको सम्बन्धविच्छेदलाई स्वीकृति दिएको छ किनभने उनीहरु दुबैले सँगै बस्न नसक्ने बताएका थिए ।

सम्बन्धविच्छेदको घोषणा गर्दै धनुषले सामाजिक सञ्जालमा लेखेका थिए– ‘हामीले १८ वर्षदेखि मित्रता, दम्पती, आमाबुवा र एकअर्काको शुभचिन्तक भएर विकास, समझदारी र साझेदारीको लामो यात्रा तय गरेका छौं । आज हामी जहाँ उभिएका छौँ, त्यहाँबाट हाम्रो बाटो फरक हुँदैछ । ऐश्वर्या र मैले जोडीको रुपमा अलग हुने निर्णय गरेका छौं । हामी आफैलाई राम्रोसँग बुझ्नको लागि समय लिन चाहन्छौं । हाम्रो निर्णयको सम्मान गर्नुहोस् र हाम्रो गोपनीयताको ख्याल राख्नुहोस् ।’

धनुषले १८ नोभेम्बर २००४ मा सुपरस्टार रजनीकान्तकी जेठी छोरी ऐश्वर्यासँग विवाह गरे । उनीहरुका सन्तानको नाम यात्रा र लिंगा रहेका छन् । धनुषले ऐश्वर्याको निर्देशनमा बनेको पहिलो फिल्म ‘३’ मा काम गरेका थिए । यस फिल्मको गीत ‘कोलावेरी डी’सन् २०११ को सबैभन्दा हिट गीत थियो ।