२० चैत्र २०८१, बुधबार
April 2, 2025 Wednesday

13.27°C

काठमाडौं

13.27°C

Kathmandu

Feels-like: 12.27

Wind: 1.54

Humidity: 62

Latest
उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न मन्त्रिपरिषद्का निर्णयः प्रदर्शनका क्रममा घाइते भएकाको निःशुल्क उपचार ‘जडीबुटी कम्पनी चाँडै बौरिने छ’ रूसी आक्रमणपछि युक्रेनमा ४५ हजार मानिस विद्युतविहिन प्रधानमन्त्री ओली थाइल्यान्डमा कीर्तिपुरस्थित क्रिकेट मैदानको निरीक्षण अब सहरी विकास मन्त्रालयबाट एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेललाई ‘कार्यान्वयनयोग्य बजेट ल्याउनेतर्फ सरकारको ध्यान केन्द्रित छ’ कुलमान र हितेन्द्र दुवैको रिट हेर्दाहेर्दैमा नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा चापागाईं नियुक्त, यस्ता छन् मन्त्रीपरिषदका अन्य निर्णयहरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुल गार्हस्थ्य उत्पादनमा पशुपालन क्षेत्रको योगदान महत्वपूर्णः कृषिमन्त्री अधिकारी



अ+ अ-
काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले पशुपालन क्षेत्रले नेपालको कुल गार्हस्थ्य  उत्पादनमा महत्वपूर्ण योगदान पु¥याएको बताउनुभएको छ ।
शुक्रवार काठमाडौंमा संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन ९एफएओ० ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले पशुपालन क्षेत्रले नेपालको कुल गार्हस्थ्य उत्पादनमा सात प्रतिशत योगदान पु¥याएको बताउनुभएको हो ।
उहाँले पशुपालन क्षेत्रले लाखौं नेपालीको जीविकोपार्जनमा महत्वपूर्ण भूमिका खेलेको भएपनि चुनौतिबाट टाढा रहन नसकेको बताउनु भयो । उहाँले पशुपालन क्षेत्रले उपयुक्त पोषण, प्रजनन, पशु स्वास्थ्य, बजारीकरण र चर्को उत्पादन लागत लगायतका विविध चुनौतिहरुको सामना गरिरहेको उल्लेख गर्नुभयो । बर्ड फ्लु, रेविज जस्ता जनावरबाट मानिसमा सर्ने रोगहरु जस्ता विश्वव्यापी स्वास्थ्य चुनौतिहरुले जटिलता थप्दै गएको उहाँको भनाइ छ । उहाँले एफएओले नेपालको पशु स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउँदै एक स्वास्थ्यको अवधारणालाई प्रवद्र्धन गर्न सहयोग गरेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘पशुपालन क्षेत्रले नेपालको कुल गार्हस्थ्य उत्पादनमा सात प्रतिशत योगदान पु¥याएको छ । यस क्षेत्रले लाखौं नेपालीहरुको विजिकोपार्जनमा महत्वपूर्ण भुमिका खेलेको छ । यद्यपि यस क्षेत्रले उपयुक्त पोषण प्रजनन, पशु स्वास्थ्य, बजारीकरण र चर्को उत्पादन लागत लगायतका विविध चुनौतिहरुको सामना गरिरहेको छ । त्यसका अतिरिक्त बर्ड फ्लु, रेविज जस्ता जनावरबाट मानिसमा सर्ने  जुनैटिक रोगहरु जस्ता विश्वव्यापी स्वास्थ्य चुनौतीहरुले जटिलता थपेका छन् । यस सन्दर्भमा एफएओ नेपाल हाम्रो महत्वपूर्ण साझेदार बनेको छ । यस संस्थाले विभिन्न कार्यक्रम र पहलहरुमार्फत नेपालको पशु स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउँदै एक स्वास्थ्यका अवधारणालाई प्रवद्र्धन गर्दै आएको छ । स्थापना कालमा यस संस्थाले नेपाल सरकारलाई बर्ड फ्लुको रोकथाम तथा नियन्त्रणमा पु¥याएको सहयोग स्मरणयोग्य छ । हाल युएसएडको सहयोगमा ग्लोवल हेल्थ सेक्युरिटी प्रोग्राम अन्तर्गत एफएओ नेपालले चुनौति रोगहरुको रोकथाम तथा नियन्त्रण र प्रतिरोधका विरुद्ध नेपाल सरकारका सहयोग पु¥याउँदै टेवा दिँदै आएको कुरा स्मरण गराउन चाहन्छु । यो सन्दर्भमा एफएओ नेपालको सहयोग र सराहनीय मात्र नभई अतुलनीय रहेको हामीले महशुस गरेका छौं । ’
पशुबाट मानिसमा सर्ने रोगहरुको चुनौतिको सामना गर्दै भविष्यका लागि एक दिगो र सक्षम पशु स्वास्थ्य प्रणाली आवश्यक रहेको बताउनु भयो ।