काठमाडौं । एसीसी यू-१९ एसिया कपअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले श्रीलंकासँग खेलिरहेको छ ।
यूएईमा जारी रहेको खेलमा नेपालले अहिले बलिङ गरिरहेको छ । नेपालको लागि कप्तान तथा पेस बलर हेमन्त धामीले एक विकेट लिएका छन् ।
ताजा स्थितीमा श्रीलंकाले ११ ओभरमा एक विकेट गुमाएर ४३ रन बनाएको छ ।
नेपालको प्लेइङः११
हेमन्त धामी(कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, उत्तम थापा, मयन यादव, नरेन साउद, युनिस विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री र रोशन विक ।










