८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने

प्रिमियर लिगमा लिभरपुलका सलाहको १०० गोल, लिभरपुल एभर्टनसँग बराबर

प्रिमियर लिगमा लिभरपुलका सलाहको १०० गोल, लिभरपुल एभर्टनसँग बराबर
अ+ अ-

लन्डनः इङलिस प्रिमियर लिगमा डिफेन्डिङ च्याम्पियन लिभरपुलले शनिबार एभर्टनसँग बराबरी खेलेको छ ।

टिम बराबरीमा रोकिए पनि लिभरपुलका मोहम्मद सलाहका लागि अविस्मरणीय क्षण रह्यो । उनले इङलिस प्रिमियर लिगमा लिभरपुलका लागि १०० गोल गरेका छन् ।

लिभरपुलले दबाबमा राखेको उक्त खेलमा साडिओ मानेले तेस्रो मिनेटमै गोल गरेका थिए । तर एभर्टनका माइकल किनले १९औं मिनेटमा गोल फर्काए । त्यसपछि दुबै टिमबाट पहिलो हाफमा कुनै गोल हुन सकेन ।

दोस्रो हाफमा ७२औं मिनेटमा मोहम्मद सलाहले लिभरपुलका लागि गोल गरे । तर त्यसको ९ मिनेटपछि अर्थात ८१औं मिनेटमा एभर्टनका निकै फर्ममा रहेका फर्वार्ड डोमिनिक काल्भर्ट–केविनले गोल गरे । 

खेलको ९०औं मिनेटमा एभर्टनले आफ्नो डिबक्सभित्र फल गरेको भन्दै रिचार्लीसनलाई रेफ्रीले रातो कार्ड देखाएका थिए ।

निकै तनाबपूर्ण खेलको ९२औं मिनेटमा लिभरपुलका लागि जोर्डन हेन्डरसनले गोल गरेका थिए, तर रेफ्रीले भिएआरको सहायता लिएर त्यसलाई अफसाइड घोषित गरिदिए ।

शनिबार नै चेल्सी र साउथह्याम्प्टन तथा म्यान्चेस्टर सिटी र आर्सनलबीच खेल हुँदैछ ।

लिगकाे अंक तालिकामा एभर्टन ५ खेलबाट १३ अंक सहित शीर्ष स्थानमा छ । लिभरपुल भने १० अंक सहित तेस्राे स्थानमा छ । 

एजेन्सी