१३ श्रावण २०८३, बुधबार
,
Latest
सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता संवेदनशील मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आदेश चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध फुटवेयर क्षेत्रमा सीपयुक्त जनशक्ति र रोजगारी सिर्जनाका लागि श्रममन्त्री यादवको पहल अत्यावश्यक परेमा मात्र राहदानीका लागि आवेदन दिन विभागको अनुरोध लुम्बिनी प्रदेशमा ८ मन्त्रालय कायम अमेरिका–इरानबीच पुनः शत्रुतापूर्ण गतिविधि सुरु सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै रास्वपा बैठक: बालेन शाह वरिष्ठ नेतामा मनोनीत, सचिवालयका को को ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

मदनभण्डारी स्पोर्ट्स एकेडेमीले १८ खेलको राष्ट्रिय प्रतियोगिता गर्दै



अ+ अ-

काठमाडौँ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीले विभिन्न १८ खेलको राष्ट्रयव्यापी प्रतियोगिताका साथै प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ ।

मदन भण्डारी स्पोटर््स एकेडेमीले बिहीवार पत्रकार सम्मेलन आयोजना गर्दै आफ्नो राष्ट्रव्यापी खेल प्रतियोगिता सार्वजनिक गरेको हो ।

खेल पर्यटनलाई विकास गर्न मात्र देशको अर्थतन्त्र उकालो लाग्ने विश्वास लिँदै खेल प्रतियोगिता आयोजनामा ध्यान दिइएको मदन भण्डारी स्पोर्ट्स एकेडेमीले जनाएको छ । एकेडेमीले भलिबल, फुटसल, तेक्वान्दो, टेबल टेनिस, बास्केटबल, फुटबल, फुल कन्ट्याक्ट, कराते, रेस्लिङ, ब्याडमिन्टन, क्रिकेट, शारीरिक सुगठन, रोड रेस, चेस, आर्चरी, कबड्डी, छेलो र हक्की खेलको राष्ट्रिय प्रतियोगिता गर्ने भएको छ ।

यी खेल आयोजनामध्ये एकेडेमीले तेक्वान्दो, फुलकन्ट्याक्ट, कराते, रेस्लिङ, शारीरिक सुगठन, चेस र हक्कीमा महिलाको प्रतिस्पर्धा गर्ने जनाएको छ । रोड रेसमा यु–२० र यु–१६ उमेरसमूहमा प्रतिष्पर्धा हुने भएको छ । क्रिकेटको प्रतियोगिता भने केपी ओलीबाट गर्ने एकेडेमीले उल्लेख ग¥यो । पोखरा वा काठमाडौंमा चैत २५ गतेदेखि आगामी वर्षको वैशाख ३ गतेसम्म केपी ओली कप राष्ट्रिय पुष क्रिकेट हुने भएको छ । यस प्रतियोगिताको विजेताले १० लाख, उपविजेताले पाँच लाख र सेमिफाइनलिस्टले समान दुई लाख पाउनेछन् । बेस्ट प्लेयरले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

सबैभन्दा पहिला पुरुष भलिबलबाट एकेडेमीले तय गरेको राष्ट्रव्यापी प्रतियोगिता शुरु हुनेछ । एकेडेमीको १६ औं स्थापना दिवसको अवसरमा मदन भण्डारी कप इण्डो नेपाल पुरुष भलिबल प्रतियोगिता हुने भएको हो । उक्त प्रतियोगिता बुटवलमा आगामी पुस १७ देखि २४ गतेसम्म आयोजना हुने तय छ । यस प्रतियोगिताको विजेताले सात लाख ५० हजार, उपविजेताले तीन लाख ५० हजार, तेस्रो हुने टोलीले एक लाख ५० हजार र सान्त्वना हुने टोलीले एक लाख रुपैयाँ पाउनेछन् । बेस्ट प्लेयरले भने २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

भारतको रेलवे टोलीले भलिबलमा प्रतिष्पर्धा गर्ने एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए । साथै एकेडेमीले साथै प्रदेशमा ३२औं मदनभण्डारी स्मृति खेलाडी, अफिसियल तथा खेल सम्बन्ध व्यक्तित्वहरूमा तालिम, प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने उल्लेख गरेको छ । यी कार्यक्रम आयोजना गर्न करिव १० करोड ६६ लाख ९७ हजार ७७४ रुपैयाँ अनुमानित लागत लाग्ने आयोजकले जनाएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले दुई करोड रुपैयाँ प्रदान गर्ने भएको छ ।

मदन भण्डारी स्पोटर््स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले सम्बन्धित खेल संघसँग प्राविधिक सहयोग र सहकार्य गरेर प्रतियोगिता आयोजना गर्ने उल्लेख गरेको छ । उनले सात प्रदेशमा खेल प्रतियोगिता हुने र ती प्रतिष्पर्धामा स्थानीय निकायका साथै कर्पोरेट क्षेत्रलाई पनि सहभागी गराउने बताए ।

निर्धारित समयभित्र नै खेल प्रतियोगिता आयोजना हुने आयोजकको विश्वास छ । यसअघि १२ विधा खेल आयोजना गरेको थियो । एकेडेमीले यसपल्ट बढाएर १८ खेल विधाको प्रतियोगिता, समान एक प्रशिक्षण र सामाजिक कार्यक्रम समावेश गरेको छ ।