१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल

उद्योगसँग सम्बन्धित ऐन,कानून र नीतिहरु लगानीमैत्री बनाउँछौंः उद्योगमन्त्री भण्डारी

उद्योगसँग सम्बन्धित ऐन,कानून र नीतिहरु लगानीमैत्री बनाउँछौंः उद्योगमन्त्री भण्डारी
अ अ+ अ-

एजेन्सी । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डरीले सरकारले निजी क्षेत्रको मागअनुसार उद्योगसँग सम्बन्धित ऐन कानून र नीतिहरु लगानीमैत्री बनाउने बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उद्योग मन्त्री भण्डारीले यस्तो बताउनुभएको हो । उहाँले सरकार निजी क्षेत्रको मनोबललाई उच्च बनाउँदै अर्थतन्त्रमा सुधार तथा आन्तरिक तथा वाह्य लगानीको वातावरण बनाउने प्रयास गरिरहेको बताउनु भयो । उहाँले सरकारले अहिले उद्योग वाणिज्य मन्त्रालयसँग सम्बन्धि कम्पनी ऐन,औद्योगिक व्यवसायी ऐन,बौद्धिक सम्पती ऐन,खानी तथा खनिजसम्बन्धि ऐन,विशेष आर्थिक क्षेत्र ऐन,जग्गा प्राप्ती सम्बन्धि ऐन,सार्वजनिक खरिद ऐन र वन तथा वातारण ऐनलाई परिमार्जन गर्ने तयारीमा रहेको बताउनु भयो ।

उहाँले यी ऐनहरुमा निजी क्षेत्रको सुझावको आधारमा परिमार्जन गर्नुपर्ने विषयलाई परिमार्जन गर्न सरकार तयार रहेको बताउनु भयो । मन्त्री भण्डारीले नीति ऐन,कानूनमा रहेका समस्याको विषयमा निजी क्षेत्रले दिएका सुझावको आधारमा नीति निर्माण गरिने बताउनु भयो । उहाँले आन्तरिक तथा वाह्य लगानीको लागि रहेका हडल्सहरुलाई सरकारले तत्काल समाधान गरी अगाडि बढ्ने बताउनु भयो । उहाँले स्वदेशी लगानीलाई उत्साहित मनोवलका साथमा अगाडि बढ्ने बताउनु भयो । उहाँले निजी क्षेत्रले सरकारसँग राखेको अपेक्षा नीति,ऐन कानून र सेवा प्रवाहरुको सहुलियतका विषयमा सरकार सकारात्मक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘उद्योग वाणिज्य मन्त्रालयसँग सम्बन्धि कम्पनी ऐन,औद्योगिक व्यवसायी ऐन,बौद्धिक सम्पती ऐन,खानी तथा खनिजसम्बन्धि ऐन,विशेष आर्थिक क्षेत्र ऐन,जग्गा प्राप्ति सम्बन्धि ऐन,सार्वजनिक खरिद ऐन र वन तथा वातारणसँग सम्बन्धित ऐनहरुलाई चाँडै परिमार्जनका लागि सरकारले सम्बन्धित मन्त्रालयहरुलाई प्रधानमन्त्रीले मन्त्रालयलाई निर्देशन भएको छ । निजी क्षेत्रलाई आग्रह गर्न चाहन्छु । सरकारसँग आउनुस् कहाँ–कहाँ हो समस्या रु सरकारले लगानी भित्र्याउँदा आएका हडल्सहरु छन् । नीति, ऐन,कानूनमा भएका समस्याका विषयमा छलफल गरौं । मुलुकमा भविष्यमा यस्तो वातावरण बनोस् । धेरै विदेशी लगानीलाई स्वागत गर्न पाऔं । स्वदेशी लगानीलाई उत्साहित मनोवलका साथमा अगाडि बढ्न सक्नुपर्छ । निजी क्षेत्रले सरकारसँग राखेको अपेक्षा नीति,ऐन कानून र सेवा प्रवाहरुको सहुलियत हो । तर मुलुकमा भएका कानून व्यवसायीहरुले मात्रै व्याख्या गर्नसक्ने खालको छ । वर्तमान सरकार नीति ऐन कानूनलाई सरल र सबैले बुझ्ने खालको बनाउन लागेको छ । मुलुकमा लगानीमैत्री वातावरण रहेको एक अध्ययनले देखाएको छ । त्यसले उत्साह छाएको छ । दक्षिण एशियामा भारतपछि नेपालमा लगानीको राम्रो वातावरण रहेको कन्ट्री रेटिङ रिपोर्टले देखाएको छ।’

उहाँले लगानीसँग सम्बन्धित मुलुकमा भएका कानून व्यवसायीहरुले मात्रै व्याख्या गर्नसक्ने खालका रहेको भन्दै वर्तमान सरकार नीति ऐन कानूनलाई सरल र सबैले बुझ्ने खालको बनाउन लागेको बताउनु भयो । उहाँले हालै आएको मुलुकको कन्ट्री रेटिङ रिपोर्टले मुलुकमा लगानीमैत्री वातावरण रहेको देखाएकाले उत्साह छाएको बताउनु भयो । उहाँले दक्षिण एशियामा भारतपछि नेपालमा लगानीको राम्रो वातावरण रहेको बताउनु भयो ।