१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल

निजी क्षेत्रसँग सरकारले सहकार्य गर्न खोजेको छः मन्त्री भण्डारी

निजी क्षेत्रसँग सरकारले सहकार्य गर्न खोजेको छः मन्त्री भण्डारी
अ अ+ अ-

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको निजी क्षेत्रलाई सरकारले आर्थिक क्रियाकलापमा समेट्न खोजेको बताउनुभएको छ ।

भृकुटीमण्डपमा आजदेखि सुरु भएको प्लाष्ट नेपालको तीन दिने प्रदर्शनीको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले निजी क्षेत्रको सहकार्य बिना आर्थिक क्षेत्रका समस्या समाधान गर्न नसकिने बताउनुभयो । पछिल्लो समय आर्थिक सूचकाङ्हरुमा सुधार देखिएको उल्लेख गर्दै उहाँले पूँजी बजारमा निजी क्षेत्रको उपस्थिति बढाउनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री भण्डारीले भन्नुभयो, “पुँजी बजारलाई बढाउनुपर्ने छ, स्वदेशी उत्पादन बढाउनुपर्ने छ, व्यापार घाटा न्यून गर्नुपर्ने छ, नविनतम प्रविधि भित्र्याउनुपर्ने छ, आयात प्रतिस्थापन गर्दै निर्यात बढाउनुपर्ने मुख्य चुनौती हाम्रा सामु छ ।” उहाँले उद्योग व्यवसायसँग सम्बन्धित बाधक विभिन्न कानुन परिमार्जनका लागि सरकारले तयारी गरेको बताउनुभयो ।

स्वदेशी लगानीकर्तालाई उत्साहित हुने गरेर सरकारले सुविधा दिइने उहाँको भनाइ छ । नेपालमा लगानीमैत्री वातावरण रहेको उल्लेख गर्दै उहाँले समग्र उद्योगी व्यवसायीलाई नेपालमा लगानी बढाउन आग्रह गर्नुभयो । “सरकार मेरो छ, म उद्योग चलाइरहेको छु, सरकार साथमा छ भन्ने महसुस अहिलेको सरकारले गराउन खोजेको छ”, मन्त्री भण्डारीले भन्नुभयो ।

सेवा प्रवाहको क्षेत्र र उत्पादनका क्षेत्रमा रहेका जटिलता हटाउन सरकारले पहलकदमी थालेको उहाँले बताउनुभयो । उद्योग मन्त्रालयमा सुधारका कार्य गर्नका लागि पहल भइरहेको उहाँले जानकारी गराउनुभयो । उहाँले छिट्टै लगानीका क्षेत्रमा देखिएका समस्या सुधारका लागि वर्तमान सरकारले पहलकदमी अगाडि बढाउने बताउनुभयो । उहाँले सरकारले वित्तीय क्षेत्र, लगानीकर्ता, कूटनीतिक निकायका प्रतिनिधिलगायत सरोकारवाला निकायका प्रतिनिधि सम्मिलित व्यावसायिक सम्मेलन गर्ने बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकाल, नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाललगायत वक्ताहरुले वर्तमान सरकारले निजी क्षेत्रको सुझावअनुसार आर्थिक अवस्था सुधारका कार्य अगाडि बढाएकोमा प्रशंसा गर्दै आगामी दिनमा सरकारले निजी क्षेत्रका समस्या समाधानमा पहल गर्ने विश्वास व्यक्त गर्नुभयो ।