२४ असार २०८३, बुधबार
,
Latest
औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत छानबिन प्रतिवेदन नआउँदासम्म बसपार्कको जग्गा दाबी गर्न मिल्दैनः पोखरा महानगरपालिका प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित कोशी प्रदेश सरकारको निर्णय सभामुखसमक्ष बुझाइएको प्रतिवेदन कार्यान्वयनका लागि सचिवालयलाई निर्देशन शैक्षिक परामर्श संस्थामा कडाइ, २५ लाख धरौटी र ‘डिजिटल’ कारोबार अनिवार्य सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु राहदानी सेवा दुई दिन बन्द हुने अफगानिस्तानमा पहिलो द्रुत डीएनए फोरेन्सिक प्रणाली सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुटवल उपमहानगरपालिकामा डेङ्गी खोज र नष्ट गर अभियान शुरु



अ+ अ-

काठमाडौँ । बुटवल उपमहानगरपालिकामा डेङ्गी खोज र नष्ट गर अभियान शुरु भएको छ ।

स्वास्थ्य कार्यालय रूपन्देही,बुटवल उपमहानगरपालिका,टोल विकास संस्थाहरूसँगको सहकार्यमा बुटवल उपमहानगरपालिका वडा नं ५ का सम्भावित जोखिमयुक्त क्षेत्रमा डेङ्गीको लार्भा खोज र नष्ट गर अभियान शुरु गरिएको हो ।

बुटवलको मुख्य हाटबजार र तिनाउ नदी किनारको बस्ती रहेको ५ नम्बर वडा डेङ्गी संक्रमणको सम्भावित जोखिमयुक्त क्षेत्र भएकोले डेङ्गीको लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गरिएको बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखाकी जनस्वास्थ्य निरीक्षक कल्पना पाण्डे भुसालले बताउनु भयो । यो अभियान दुई दिनसम्म चल्ने उहाँले जानकारी दिनुभयो । समुदायमा चेतना जगाउने हेतुले अभियान शुरुवात गरेको बताउनु भयो ।

स्वास्थ्य कार्यालय रूपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जिल्लाका सिद्वार्थनगर नगरपालिका,तिलोत्तमा नगरपालिकालगायतका पालिकामा अभियान सञ्चालन भइसकेको जानकारी गराउँदै बुटवल पनि सम्भावित जोखिमयुक्त क्षेत्र भएकोले यो अभियान सञ्चालन गरिएको बताउनु भयो ।

अभियानका क्रममा डेङ्गी फैलनसक्ने सम्भावित स्थान,नष्ट गर्ने तरिकाबारे जानकारी मुलक पर्चा पम्प्लेट बितरण गर्नुका साथै डेङ्गी संक्रमण गराउने लार्भा नष्ट गरिएको उहाँले जानकारी दिनुभयो ।